

स्थानीय ९० वर्षीय मदनबहादुर राउतसहित दश जना पुरुष र ८९ वर्षीया रनसरी राई सहित ४० जना महिलाई छाता र टर्चलाईट दिएर सम्मान गएिको जनस्वास्थ्य अधिकृत सुशिला श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार उनीहरुलाई खाद्य सामाग्री समेत प्रदान गरिएको छ ।
महिला तथा बालबालिका कार्यालयको सहयोगमा बिस्कुट, मिसिरी, फुर्टी लगायतका खाद्य सामाग्री वितरण गरिएको जनाइएको छ । दुर्छिममा आयोजना गरिएको कार्याक्रमका प्रमुख अथिति प्रमुख जिल्ला अधिकारी गोविन्द सापकोटाले हस्तान्तरण गर्नुभएको आयोजकले जनाएको छ ।
जेष्ठ नागरिकलाई सम्मान गरिने कार्यक्रम अन्तरगत यस पटक नयाँ विधिबाट सम्मान गरिएको जनाइएको छ । बिगतमा खादा ओढायर सम्मान गरिँदै आइएकोमा यस पटक भने छाता र टर्च दिएर सम्मान गरिएको जिल्ला जिल्ला स्वास्थ्य कार्यालय खोटाङका प्रमुख डाक्टर माधवप्रसाद लम्सालले जानकारी दिनुभयो ।