फागुन–२४, नेपाल तामाङ घेदुङ खोटाङको अध्यक्षमा जसबहादुर तामाङ चयन हुनुभएको छ । सदरमुकाम दिक्तेलमा आईतबार सम्पन्न घेदुङको तेश्रो जिल्ला अधिवेशनबाट तामाङ अध्यक्षमा सर्वसहमतीले चयन हुनुभएको हो । 
घेदुङका महासचिव कुमार ब्लोनले शनिबार उद्घाटन गर्नुभएको तेश्रो जिल्ला अधिवेशनले तामाङलाई पुनः दोश्रो कार्यकालको लागि अध्यक्षमा चयन गरेको पत्रकार सुर्य तामाङले जानकारी दिनुभयो । तामाङका अनुसार १५ सदस्यीय समिति रहेको घेदुङको उपाध्यक्षमा युवराज तामाङ, सचिवमा पूर्णमायाँ तामाङ, सहसचिवमा कृष्णकुमारी तामाङ र कोषाध्यक्षमा मदम तामाङ चयन हुनुभएको छ । 
दिक्तेलस्थित जिल्ला विकास समितिको समिक्षालय हलमा सम्पन्न अधिवेशनले शेरबहादुर तामाङको संयोजकत्वमा तीन सदस्यीय सल्लाहकार समिति समेत चयन गरेको जनाइएको छ । समितिको सदस्यमा ईन्द्र जिम्बा र मणि तामाङ रहुनुभएको छ भने, क्षेत्रीय प्रतिनिधिमा पृथी जिम्बा चयन हुनुभएको छ । 
घेदुङले ताम्सालिङ राज्य स्थापनाका लागि गाउँगाउँबाट दवाव सृजना गर्ने महासचिव ब्लोनले बताउनुभयो । उहाँले अब बनाइने संघीय प्रदेशहरु पहिचान सहितको हुनुपर्ने पक्षमा घेदुङ रहेको पनि स्पष्ट पार्नुभयो । प्रमुख अतिथिका रुपमा सभालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “समानुपातिक र सहअस्तित्वका लागि संघीयता अनिवार्य भएकाले घेदुङ पहिचान सहितको संघीयताको पक्षमा रहेको हो, संघीयताको नाममा एकल जातीय राज्य मागेको होइन ।”