माघ–१०, मलिन अनुहार । दुबै हात र दायाँ खुट्टा काटिएका । बायाँ खुट्टाको कान्छी औंला पनि काटिएकै अवस्था छ । दायाँ हातको कुममाथिको सिंगो भाग छैन । बायाँ हातको कुहिनो मुनिको ठुटोजस्तो भाग मात्र छ । अवरुद्ध विद्युत मर्मत गर्नेक्रममा लागेको करेन्टको झट्काका कारण खोटाङको नेर्पा–८ रामपुरका हरिकाजी ढुंगानाको...
माघ–८, खोटाङ बाहुनीडाँडा–७ का टेकमान राईलाई ‘गाडीमा चडेर जिल्लाबाट कहिलदेखि सिधै सहर पुगिएला’ भन्ने लागीरहन्थ्यो । हुन पनि पुलको अभावमा सुनकोसी र दुधकोसीमा ओर्लिएर अर्को गाडी परिवर्तन गर्दै यात्रा गर्नुपर्ने झमेलाबाट सबैजना मुक्ति चाहन्थे ।
बाटोमा पार गर्नुपर्ने उदयपुरको घुर्मी र ओखलढुङ्गाको हर्कपुर जोड्ने सुनकोसीको पक्की पुल गत पुस–७ गतेबाट...
माघ–५, आगलागीमा घर तथा घरमा भएका सबै सामग्री जलेपछि खोटाङमा दुई परिवार बिचल्लीमा परेका छन् । गत पुस–१८ गते भएको आगलागीमा घर र घरभित्र राखिएका अन्नपात, लत्ताकपडा, भाँडाकुँडा लगायत नष्ट भएपछि चिप्रिङ–२ का शक्तिराज राई र उनको छोरा धनराज राईको परिवार बिचल्लीमा परेका हुन् ।
घरमा कोही नभएको समयमा भएको...
पुस–२३, खोटाङको इन्द्रेणीपोखरी–५ का शिक्षक कृष्णश्री राईको कथा संग्रह ‘बौलाही आमा र सुनौला मुस्कानहरु’ बजारमा आएको छ । बाणी प्रकाशन बिराटनगरको प्रकाशनमा १९ कथा समेटिएको राईको संग्रह भर्खरै बजारमा आएको हो । हाल सिमपानी उच्च माबिमा अध्यापन गराइरहनु भएका राईको कथा संग्रहभित्र ‘एक टुक्रा इतिहास’, ‘स्याङडोल्मा बारबेटम र कटवाल...
पुस–२१, मैदानमा खुट्टा तेर्साएका एक व्यक्ति आँशु पुच्दै भन्दै थिए, “कतै अली सजिलोमा लगेर राख्नुस् न, एकदमै गाह्रो भो !”
खोटाङको सप्तेश्वरछितापोखरी–५ का २१ वर्षीय जीतबहादुर खड्काको चार वर्षसम्म निको नभएको घाउको पीडा सहन नसकेर निस्किएको आवाज हो यो । गाडीको किचाइबाट दायाँ खुट्टाको बुढी औँला बाहेक चार वटा औँला...
पुस–१७, जिल्लामा यस वर्ष सुन्तला उत्पादनमा दश प्रतिशतले वृद्धि भएको छ । गत वर्ष दुई हजार आठ सय २० मेट्रिकटन सुन्तला उत्पादन भएकोमा यस वर्ष बढेर तीन हजार दुई सय मेट्रिकटन उत्पादन भएको हो ।
सुन्तला खेतीका लागि उपयुक्त हावापानी र रोग नलागेकाले यस वर्ष सुन्तला उत्पादनमा वृद्धि भएको जिल्ला...
पुस–१२, यस वर्षको बुङ्वाखा ‘मकर–बिष्णु बान्तावा राष्ट्रिय पुरस्कार’ लेखक भुइँदल राईलाई प्रदान गरिने भएको छ ।
‘बुङ्वाखा’ मासिकको बार्षिकोत्सवको अवशरमा हरेक वर्ष प्रदान गरिने २५ हजार राशीको सो पुरस्कारका लागि यस वर्ष लेखक राईलाई छानिएको सम्पादक पदम राईले जानकारी दिनुभयो । ‘वान्तवा राई शब्दकोश र केही अन्य पनि’ कृति लेखेवापत...
पुस–७, मिस राई २०१५ को तेश्रो संस्करण आउँदो माघमा हुने भएको छ । किरात राई मौलिक कला संस्कृति केन्द्रको आयोजनामा नयाँ वर्ष यलेदोङ ५०७५ को अवसर पारेर आगामी माघ–१५ गते मिस राई हुन लागेको हो ।
मिस राईको पहिलो अडिसन पुस–१२ गते पूर्वाञ्चलमा र दोस्रो अडिसन पुस–१६ गते काठमाडौंमा गरिने...
पुस–७, जिल्लामा यस वर्ष ८० करोड रुपैयाँभन्दा बढिको अलैंची उत्पादन भएको छ । गत वर्ष ६० करोड रुपैयाँको अलैंची निकासी भएको जिल्लामा यस वर्ष ८० करोड रुपैयाँभन्दा बढिको उत्पादन भएको हो ।
गत वर्षको तुलनामा २० प्रतिशतका दरले उत्पादन घटेपनि यस वर्ष उत्पादित अलैंचीले जिल्लामा अहिलेसम्मकै बढि मूल्य पाएको जिल्ला...
पुस–१, जिल्लामा यस वर्ष धान उत्पादनमा १५ प्रतिशतले गिरावट आएको जिल्ला कृषि विकास कार्यालय खोटाङले जनाएको छ । कार्यालयका अनुसार वर्षा कम भएका कारण गत वर्षको तुलनामा यस वर्ष पाँच हजार छ सय नौं मेट्रिकटन कम धान उत्पादन भएको हो ।
गत वर्ष ३२ हजार छ सय ६४ मेट्रिकटन धान...