बैसाख–१४, खोटाङमा जारी जिल्लाब्यापी खुल्ला महिला तथा पुरुष एकल व्याडमिन्टन प्रतियोगीता सम्पन्न भएको छ । खोटाङ स्पोर्टस क्ल्वको आयोजनामा सोमबार सम्पन्न भएको तीन दिने व्याडमिन्टन प्रतियोगीतामा पुरुषतर्फ जीवन आचार्य प्रथम, सुरेश राई दोश्रो तथा प्रेम जोशी र सन्तोष श्रेष्ठ तेश्रो भएका छन् ।

यस्तै, महिलातर्फको प्रतियोगीतामा सुजाता राई प्रथम, कल्पना राई दोश्रो तथा मनुषा राई र ममता राई तेश्रो भएका छन् । यस्तै, अबिन राईले नवप्रतिभा खेलाडीको पुरस्कार जितेका छन् । हरेक वर्ष फरक–फरक विद्याका खेल प्रतियोगीता सञ्चालन गर्दैआएको क्ल्बले यसपल्ट पनि नयाँ वर्ष एबं आफ्नो चौथो स्थापना दिवसको अवशर पारेर सदरमुकाम दिक्तेलको माटिकोरेमा निर्माणाधिन कबर्डहलमा बैसाख–१२ गतेदेखि तीनदिने खुल्ला महिला तथा पुरुष एकल व्याटमिन्टन प्रतियोगीता गरेको हो ।

पुरस्कार बितरणपछि आयोजक र अतिथिकासाथमा व्याडमिन्टन प्रतियोगीताका बिजेता । 

प्रतियोगीतामा प्रथम स्थान प्राप्त गर्ने महिला तथा पुरुषतर्फको प्रथम स्थान प्राप्त गर्ने बिजेताले छुट्टा–छुट्टै ९ हजार ९९९, दोश्रो स्थान प्राप्त गर्ने खेलाडीले ६ हजार ६६६, तेश्रो स्थान प्राप्त गर्ने खेलाडीले ३ हजार ३३३ का साथमा ट्रफी, पदक र प्रमाणपत्र हात पारेका छन् ।

जिल्लामा व्याटमिन्टन खेलको बिकास र प्रबद्र्धनकालागि एकल विद्या अन्तरगत महिला तथा पुरुषतर्फको प्रतियोगीता गरिएको खोटाङ स्पोर्टस क्ल्वका अध्यक्ष बिबेक राई बिकीले बताउनु भयो । ‘व्यवसायीक खेलकुदको बिकास तथा युवा विकासप्रति समर्पण’को नारा बोकेर २०६९ सालमा स्थापना भएको स्पोर्टस क्ल्वले गत वर्ष जिल्लाव्यापी खुल्ला स्नुकर प्रतियोगीता सञ्चालन गरेको थियो । क्लवले त्यसअघि खुल्ला पुरुष भलिबल र खुल्ला महिला फुटबल प्रतियोगीता सञ्चालन गरेको थियो ।