बैशाख–६, आलोपालो कविता र गजल वाचन । बीच–बीचमा वाद्यवाद्यनमार्फत नयाँ गीतको प्रस्तुती । त्यसमाथि आकर्षक नृत्य । बिहानको पारिलो घाममा सुरु गरिएको कार्यक्रम साँझको चिसो सिरेटो चल्न थाल्दासम्म जमिरह्यो ।
काठमाडौंमा बसोबास गर्ने साहित्यिक तथा संगीतकर्मीलाई मासिक रुपमा भेला गरेर ‘सुन्ने सुनाउने’ कार्यक्रम सञ्चालन गर्दै आएको ‘अलग अभियान’ले दिक्तेलमा आफ्नो कार्यक्रम सञ्चालन ग¥यो । नयाँ साहित्यिक सिर्जना र लाईभ वाद्यवाद्यनमा नयाँ गीत सुनाउने थलोकारुपमा विकसित भएको ‘अलग अभियान’ले जिल्लाका श्रष्टालाई शनिबार यही अवसर दिलाएको थियो ।
‘अलग अभियान’को ‘सुन्ने सुनाउने’ कार्यक्रमलाई क्रमशः अन्य जिल्लामा पनि पु¥याइने अभियानका संयोजक नाकिमा नाकिमले बताउनुभयो । उहाँले भन्नुभयो, “२०६४ सालदेखि हालसम्म राजधानीमै केन्द्रित रह्यौँ, अब उपत्यका बाहिर पनि पुग्छौँ, त्यसको सुरुवात खोटाङबाट सुरु गरेका छौँ ।”
साहित्य र संगीतका नयाँ–नयाँ रचना गर्ने वातावरण बनाउन र नयाँ श्रष्टाको प्रोत्साहन गर्न ‘अलग अभियान’ले टेम्के तुवाचुङ प्रतिष्ठानको आयोजना तथा राष्ट्रिय वाङ्मय कला प्रतिष्ठान, खोटाङ गजल मञ्च, सञ्जीवनी नारी साहित्यक मञ्च र रुपाकोट सामुदायिक रेडियोको सहआयोजनामा कार्यक्रमको आयोजना गरेको हो । साहित्यिक क्रियासिलता र गतिविधिलाई गति प्रदान दिन ‘अलग अभियान’लाई जिल्लासम्म ल्याइएको आयोजक टेम्के तुवाचुङ प्रतिष्ठानका अध्यक्ष भोगेन एक्लेले बताउनुभयो ।
जिल्ला विकास समितिको समिक्षालय हलमा आयोजना गरिएको कार्यक्रम रातको ७ बजेसम्म जारी रहेको थियो । कार्यक्रममा राष्ट्रवाद, बिकृति बिसंगती, मायाँ प्रेम, सदभाव, मिलन, बिछोड, हाँस्य भाव समेटिएका फरक–फरक स्वादका ४० कविता र १० गजल वाचन गरिएको थियो ।
‘अलग अभियान’ले दिक्तेलमा आयोजना गरेको ‘सुन्ने सुनाउने’ कार्यक्रममा सहभागी श्रष्टाहरु |
समर्थनमा ‘वाही–वाही’का साथमा पर्र ताली पड्की रहे । साहित्यकार जसराज किराती प्रमुख अतिथि रहेको कार्यक्रममा विष्णु आभूषण, वेदीकुमार राई, शरण खत्री मृदुल, एमसी सुमित, रेखा क्षितीज, नबिन संघर्ष, जीवन राई ज्वाला, नारायण ढकाल, नविन अभिषेश, प्रमोद स्नेही, सबिता भुजेल लगायतका श्रष्टाहरुले एकै थलोमा बसेर आ–आफ्नो सिर्जना वाचन गरे र अरुलाई सुनाएका थिए । कार्यक्रमको बीच–बीचमा रेवत राई, पृथी जिम्बा, हेमविक्रम राई, बबिना किराती, मनोमावी राई लगायतका कलाकारले गीत गाएर मनोरञ्जन दिलाएका थिए । २०६४ सालमा स्थापना भएको ‘अलग अभियान’ले साहित्य र संगीतको संयोजनको काम गर्दै आएको छ ।
‘अलग अभियान’को ‘सुन्ने–सुनाउने’ कार्यक्रमले जिल्लाका श्रष्टालाई यहीको माटोमा थप क्रियासिल बनाउन योगदान पु¥याएको साहित्यकार जसराज किरातीले बताउनुभयो । प्रमुख अतिथिका रुपमा बोल्दै उहाँले भन्नुभयो, “अवसरको अभावमा जिल्लाका श्रष्टाहरु अल्मलिएका थिए, यसले ठूलो सहयोग गरेको ठानेको छु ।”