महिला तथा पुरुष एकल व्याडमिन्टन प्रतियोगीता हुँदै

बैसाख–७, हरेक वर्ष फरक–फरक विद्याका खेल प्रतियोगीता सञ्चालन गर्दै आएको खोटाङ स्पोर्टस क्ल्वले यसपल्ट जिल्लाव्यापी खुल्ला महिला तथा पुरुष एकल व्याडमिन्टन प्रतियोगीता गर्ने भएको छ । 
नयाँ वर्ष एबं आफ्नो चौथो स्थापना दिवसको अवशर पारेर क्ल्बले बैसाख–१२ गतेदेखि तीन दिनसम्म खुल्ला महिला तथा पुरुष एकल व्याटमिन्टन प्रतियोगीता गर्ने तयारी गरेको हो । खोटाङ स्पोर्टस क्ल्वले सोमबार फुलपाती सेवा समाजको कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगीता गर्ने तयारी गरेको जानकारी दिएको छ । 
पत्रकार सम्मेलनमा व्याटमिन्टन प्रतियोगीता गर्ने जानकारी दिँदै खोटाङ स्पोर्टस क्ल्वका पदाधिकारीहरु । 
प्रतियोगीतामा प्रथम स्थान प्राप्त गर्ने महिला तथा पुरुषतर्फको बिजेतालाई छुट्टा–छुट्टै ९ हजार ९९९, दोश्रो स्थान प्राप्त गर्ने खेलाडीलाई ६ हजार ६६६, तेश्रो स्थान प्राप्त गर्ने खेलाडीलाई ३ हजार ३३३ का साथमा ट्रफी, पदक र प्रमाणपत्र प्रदान गरिने खोटाङ स्पोर्टस क्ल्वका अध्यक्ष बिबेक राई बिकीले जानकारी दिनुभयो । 
यस्तै, नवप्रतिभा खेलाडीलाई ट्रफी र प्रमाणपत्र प्रदान गरिने छ । जिल्लामा व्याटमिन्टन खेलको बिकास र प्रबद्र्धनका लागि एकल विद्या अन्तरगत महिला तथा पुरुषतर्फको प्रतियोगीता गर्ने तयारी गरिएको अध्यक्ष राईले जानकारी दिनुभयो । सदरमुकाम दिक्तेलको माटिकोरेमा निर्माणाधिन कबर्डहलभित्र सञ्चालन गरिने प्रतियोगीतामा जिल्ला बाहेक पेशा÷व्यवसायका सिलसिलामा जिल्लामा कार्यरत रहेका खेलाडीको सहभागीता रहने स्पोर्टस् क्लवले जनाएको छ । 
‘व्यवसायीक खेलकुदको बिकास तथा युवा विकासप्रति समर्पण’को नारा बोकेर २०६९ सालमा स्थापना भएको स्पोर्टस क्ल्वले गत वर्ष जिल्लाव्यापी खुल्ला स्नुकर प्रतियोगीता सञ्चालन गरेको थियो । क्लवले त्यसअघि खुल्ला पुरुष भलिबल र खुल्ला महिला फुटबल प्रतियोगीता सञ्चालन गरेको थियो ।