बैशाख–१६, एनसेलको रिपिटर टावरमा परेको चट्याङ लागेर खोटाङमा एक जनाको ज्यान गएपछि मृतकका आफन्त आक्रोशित भएका छन् । घर छेउमा निर्माण गरिएको एनसेल मोवाईलको रिपिटर टावरमा परेको चट्याङ लागेर दुर्छिम–५ का १४ वर्षीय योगेन्द्र राईको ज्यान गएपछि उनका आफन्त आक्रोशित भएका हुन् ।
एनसेल प्रति आक्रोशित आफन्तले मंगलबार पत्रकार सम्मेलन...
बैसाख–१४, खोटाङमा जारी जिल्लाब्यापी खुल्ला महिला तथा पुरुष एकल व्याडमिन्टन प्रतियोगीता सम्पन्न भएको छ । खोटाङ स्पोर्टस क्ल्वको आयोजनामा सोमबार सम्पन्न भएको तीन दिने व्याडमिन्टन प्रतियोगीतामा पुरुषतर्फ जीवन आचार्य प्रथम, सुरेश राई दोश्रो तथा प्रेम जोशी र सन्तोष श्रेष्ठ तेश्रो भएका छन् ।
यस्तै, महिलातर्फको प्रतियोगीतामा सुजाता राई प्रथम, कल्पना...
बैशाख–१०, जन्तेढुङ्गा जिल्लाको दक्षिणी गाविस चिसापानी–७ तथा दिप्लुङ–४ र ६ को सिमानामा अवस्थित छ । समुन्द्री सतहदेखि करिब एक हजार पाँच सय मिटरमा रहेको उक्त ठाउँमा सुर्यदेव राजा र भानुमती रानीको जन्ती अलप भएको किम्बदन्ती छ । ढुङ्गामा जन्ती तथा रथको आकृति स्पष्ट देख्न सकिन्छ । हरेक वर्षको बैशाखे...
बैसाख–७, हरेक वर्ष फरक–फरक विद्याका खेल प्रतियोगीता सञ्चालन गर्दै आएको खोटाङ स्पोर्टस क्ल्वले यसपल्ट जिल्लाव्यापी खुल्ला महिला तथा पुरुष एकल व्याडमिन्टन प्रतियोगीता गर्ने भएको छ ।
नयाँ वर्ष एबं आफ्नो चौथो स्थापना दिवसको अवशर पारेर क्ल्बले बैसाख–१२ गतेदेखि तीन दिनसम्म खुल्ला महिला तथा पुरुष एकल व्याटमिन्टन प्रतियोगीता गर्ने तयारी गरेको...
बैशाख–६, आलोपालो कविता र गजल वाचन । बीच–बीचमा वाद्यवाद्यनमार्फत नयाँ गीतको प्रस्तुती । त्यसमाथि आकर्षक नृत्य । बिहानको पारिलो घाममा सुरु गरिएको कार्यक्रम साँझको चिसो सिरेटो चल्न थाल्दासम्म जमिरह्यो ।
काठमाडौंमा बसोबास गर्ने साहित्यिक तथा संगीतकर्मीलाई मासिक रुपमा भेला गरेर ‘सुन्ने सुनाउने’ कार्यक्रम सञ्चालन गर्दै आएको ‘अलग अभियान’ले दिक्तेलमा आफ्नो...
बैसाख–२, बन्द रहेको लामो समयपछि खोटाङ सदरमुकाम दिक्तेलको कुमारी चलचित्र हल सञ्चालनमा आएको छ । चलचित्र ‘हवल्दार सुन्तली’ प्रदर्शन गर्दै चलचित्र हल सञ्चालनमा ल्याइएको हो । चलचित्र ‘हवल्दार सुन्तली’को नायक किशोर खतिवडाको उपस्थितिमा नयाँ वर्षको अवसरमा मंगलबारदेखि हलमा ‘वान डे रिलिज’ सुरु गरिएको हो ।
दिक्तेलमा दर्शकसँग तस्बिर खिचाउँदै ‘हवल्दार...
चैत्र–३०, दायाँबायाँ राखिएका बा¥ह वटा साउण्ड बक्सबाट गीत गुञ्जिरहेको छ । कोही दर्शक कुर्सीमा अढेसिएर बसेका छन्, कोही उभिएका छन् । खोटाङ सदरमुकाम दिक्तेलको माटिकोरे खेलमैदान सांगीतिक माहोलले तातीरहेको थियो । दिनभर गाए नाचे पनि दर्शक श्रोताको रहर भने अझै पूरा भएकै थिएन । जव स्टेजमा गायीका इन्दिरा जोशी...
चैत्र–२४, दैवीप्रकोपका कारण बिचल्लीमा परेका खोटाङका एक पीडित परिवारलाई प्रमुख जिल्ला अधिकारीले आर्थिक सहयोग गर्नुभएको छ । चैत्र–२१ गते चलेको हावाहुरीले घरको छाना उडाएपछि बिचल्लीमा परेका माक्पा–४ का कृष्णबहादुर निरौलाको परिवारलाई प्रमुख जिल्ला अधिकारी गोविन्द सापकोटाले पाँच हजार रुपैयाँ आर्थिक सहयोग गर्नुभएको हो ।
शनिबार साँझ पानीसँगै चलेको हावाहुरीले निरौलाको...
चैत्र–१८, अनुहार हेर्दा सपाङ्ग जस्तो देखिने एक युवा भन्छन्, “कसैको सहयोग पाए अलि राम्रो अस्पताल गएर उपचार गराउँथे !, ओछ्यानमा थलिएको दश वर्ष भयो । घर बाहिरभित्र गर्न अरुको सहारा लिनुपर्छ । मेरो कम्मरदेखि मुनीको भाग चल्दैन ।”
यो दर्दनाक कथा सुनाउँदै थिए, खोटाङ जिल्लाको दक्षिणी गाविस *सिम्पानी–३ का २८...
चैत्र–१७, धनको साटो विदेशबाट दीपकको लास आएको खबर सुन्नासाथ रमाईलो गर्दै रोपाईं गरिरहेका गाउँलेहरु स्तब्ध बन्छन् । प्रेम गर्दागर्दै सँगै मर्ने सँगै बाँच्ने कसम खाएर वैवाहिक बन्धनमा बाँधिएकी जीवन संगीनी ‘ललु’ र बुबाआमा मुर्छित हुन्छन् । यो दृश्यसँगै घरी रुँदै त घरी हाँस्दै ध्यान दिएर नाटक हेरिरहेका दर्शकहरु मन...