पहिरोका कारण खोटाङमा ५३ घर बिस्थापित

भदौ–१७, भीषण वर्षाका कारण गएको पहिरोले खोटाङमा ५३ घर बिस्थापित भएका छन् । बुधबार राती परेको अबिरल वर्षापछि गएको पहिरोका कारण सिमपानीमा ५२ र इन्द्रेणीपोखरीमा एक घर बिस्थापित भएका हुन् ।

चारैतिरबाट छेकेको ठूलो पहिरोले सिमपानी–८ अदुवाबारीका २५ घर, सिमपानी–८ तारेभीरका १५ घर, सिमपानी–७ कात्तिकेका ७ घर, सिमपानी–८ ओखरबोटेका ५ घर बिस्थापित भएको ईलाका प्रहरी कार्यालय सिमपानीका प्रहरी सहायक निरिक्षक रबि लिम्बूले बताउनु भयो । पहिरोले सिमपानी–८ ओखरबोटेका ईन्दबहादुर खड्का र रामबहादुर खड्काको घर पूरै बगाएको छ । यस्तै सिमपानी–५ का सिताराम खड्का र मायाँदेबी खड्काको परिवार पनि पहिरोबाट बिस्थापित भएका छन् । घर पुरिएपछि घरभित्रै थुनिएकी मायाँदेबीलाई प्रहरी र स्थानीयबासीले उद्धार गरेका हुन् । पहिरोले छिमेकी गाबिस इन्द्रेणीपोखरी–७ मा एक घर बिस्थापित भएका छन् ।

पहिरोले घर जोखिममा परेपछि उनीहरु बिस्थापित बनेका हुन् । उनीहरुले भागेर ज्यान जोगाएको प्रहरीको भनाई छ । माथिबाट झरेको पहिरो तल टुवा खोलासम्म झरेको छ । बिहिबार बिहानदेखि टेलीफोन अवरुद्ध भएका कारण घटनाको बिषयमा ढिलो जानकारी आएको हो । बिहिबार साँझ आंशिकरुपमा फोन सञ्चालनमा आएपछि घटनाको बिषयमा जानकारी आएको हो । उनीहरुको घर फर्किएर बस्नै नमिल्ने अवस्थामा पुगेको सिमपानी–८ का झमकनारायण श्रेष्ठले बताए । चार किलोमिटर क्षेत्रको आकारमा ओगटेको पहिरोले मानवीय क्षती नपु¥याएपनि सिमपानी–८ का रामबहादुर खड्काको गोठ बगाउँदा ११ खसीवाख्रा, सिताराम खड्काको दुई वटा बाख्रा बगाएको प्रहरीले जनाएको छ ।

पहिरोले चारैतिरबाट पहिरोले छेकेकाले गाईबाख्रा बाहेक भैंसीलाई हालसम्म गोठबाट सुरक्षित स्थानमा सार्न नसकिएको प्रहरीले जनाएको छ । पहिरोको कटानका कारण एक घरबाट पल्लो घरसम्म पुग्नै मुस्किल बनेको छ । पुःन वर्षा भए पहिरोको खतरा थप बढ्ने स्थानीयले बताएका छन् । पहिरोले टुवा खोला किनार आसपासका सयौं हेक्टर जग्गामा लगाइएको अन्नबाली र खेतीयोग्य जमिन बगाएको प्रारम्भिक जानकारी आएको छ ।

क्षतीको बिस्तृत विबरण आउँन बाँकी छ । पहिरोमा मानवीय क्षती नभएपनि बढि खेतीयोग्य जमिन बगाएको जानकारी आएको प्रमुख जिल्ला अधिकारी गोबिन्द सापकोटाले बताए । टेलीफोनमा आएको समस्यका कारण वर्षाले अन्य ठाउँमा पु¥याएको क्षतीको बिबरण अझै आइनसकेको प्रहरीले जनाएको छ ।