‘मनैदेखि’ लागियो भने एक न एक दिन सफलताको शिखर चुम्न सकिन्छ । यही भनाई लागू भएको छ खोटाङ दिप्लुङ–१ केराबारीकी गायीका मीनाश्री पुमा राईको जीवनमा । बाल्यकालदेखि नै गायीका बन्ने सपना मीनाश्रीले ढृड इच्छाशक्तीका कारण बिस्तारै पूरा गर्दैछिन् । पदम खालिङको ‘भोजपुर डबली’ एल्बममा स्वर दिएर औपचारिकरुपमा गाउन थालेकी उनी छोटो समयमै नेपाली सांगीतिक क्षेत्रमा सफलताको शिखर चुम्दैछिन् । किरात राई यायोक्खा यूकेले तयार पारेको एल्बम ‘आंलाबुङ’मा समेत उनको स्वर समेटिएको छ ।
फुटकर रूपमा गीत गाउँदै आएकी मीनाश्री छिट्टै ६ वटा गीत समेटिएको ‘स्कुले जीवन’ नामक लोक–आधुनिक गीतिएल्बम लिएर श्रोतामाझ उदाउँदैछिन् । ‘गीत सबै फाइनल भइसकेको छ,’ मीनाश्रीले भनिन्, ‘अहिले गीतको भिडियो तयार पार्ने काम भइरहेको छ ।’ डिआर अतुको शव्द÷संगीत रहेको ‘स्कुले जीवन’ बोलको शिर्षक गीतमा राजेशपायल राई र मीनाश्रीको स्वर सुन्न सकिन्छ । सो गीतको भिडियोमा कमल एसके मगरको निर्देशनमा शान्ता पूमा र ज्ञानेन्द्र थेबेको अभिनय देख्न सकिन्छ । ‘चौतारीको बर ढल्यो कान्छा’ बोलको अर्को गीतमा मोडल सुमी लिम्बूको अभिनय समेटिएको छ । बाँकी गीतहरुमध्ये कोरिया, दुबई, हङकङमा एक–एक वटा गीतको भिडियो छायांकनको तयारी गरिएको उनले बताइन् । ‘एउटा गीतको भिडियो कहाँ गर्ने भन्ने टुंगो लाग्न बाँकी छ,’ उनले भनिन्, ‘तीन वटा गीतको भिडियो छायांकन बिदेशमा गर्ने फाइनल भइसकेको छ ।’
सांगीतिक क्षेत्रमा केही योगदान पु¥याउने लक्ष्य बोकेकी गायिका मीनाश्री गीतमात्रै गाउँदिनन्, साहित्यका विभिन्न विधामा समेत कलम चलाउँछिन् । उनले गीत गाउन बाहेक गीत, गजल, मुक्तक र कविता लेख्नमा समेत कलम चलाएकी छन् । कतिपय उनका गीत उनी आफैले गाएकी छन् । कलाकार समन्वय संघ नेपालको सह–कोषाध्यक्षको भूमिका निर्वाह गर्दै आएकी उनले लेखेकोमध्ये २० गीतमा अन्य गायक–गायिकाको स्वर भरिएको छ । छोटो समयमै स्टेज प्रोग्राममा समेत गीत गाएर दर्शक÷श्रोतालाई जुरुक्क–जुरुक्क उचालेको अनुभव समेत सँगालीसकेकी छन् उनले । ‘संगीतका क्षेत्रमा केही गरुँ भनेर लागेकी छु,’ उनले थपिन्, ‘त्यी भएर अहिले यही काममा व्यस्त छु ।’
गायीका मीनाश्री संगीतकार डक्टर किरातसँग भोकल र राम राईसँग नृत्य सिकिरहेकी छन् । गीत गाउँदै नृत्य गर्न सके दर्शक तथा श्रोतालाई मनोरञ्जन दिन सकिने भएकाले नृत्य समेत सिक्न थालेको उनी बताउँछिन् । ‘स्टेजमा ठिङ्ग उभेर गीत गाउनुमात्रै गायक गायीकाको धर्म होइन,’ उनी भन्छिन्, ‘गीत गाउँदै, आफू पनि नाच्दै दर्शक तथा श्रोतालाई पनि नचाउनुमा छुट्टै मज्जा हुन्छ ।’