18.1 C
Kathmandu
Saturday, January 11, 2025

खोटाङ समाचार

khotang first online news

खोटाङ, असोज–२२, बिनासकारी भूकम्पकाबेला भाग्यबस बाँच्न सफल नेपालीको कथालाई समेटेर तयार पारिएको डकुमेन्ट्री ‘भाग्यले बाँचेकाहरु’ खोटाङमा प्रदर्शन सुरु गरिएको छ । पत्रकार कल्याण कोष स्थापनार्थ प्रेस चौतारी नेपाल शाखाको आयोजनामा सदरमुकाम दिक्तेलमा ‘भाग्यले बाँचेकाहरु’ प्रदर्शन सुरु गरिएको हो । देशदेखि बिदेशमासम्म प्रदर्शन गरिसकिएको डकुमेन्ट्रीको च्यारीटि–शो सदरमुकाम दिक्तेलस्थित हाइभिजन हलमा...
श्रमको सम्मानमा जिल्ला बिकास समिति खोटाङले शनिबार आयोजना गरेको सडक मर्मत कार्यक्रममा सहभागीहरु । ‘मेरो पहिचान–श्रमको सम्मान’ भन्ने नारासहित जिल्ला बिकास समितिले सुरु गरेको श्रमदान अभियान दल, कर्मचारी, संघसंस्थाका प्रतिनिधिको शारीरिक अभ्यास र फुर्सदको समयलाई सदुपयोग गर्ने माध्यम बनेको छ । साउन–२ गतेबाट हरेक साता सञ्चालन हुँदै आएको श्रमदान...
खोटाङ, असोज–१५ । वर्षाका कारण गत असारदेखि अवरुद्ध खोटाङको दिक्तेल–हलेसी सडक सञ्चालनमा आएको छ । वर्षाको भलबाढीले हिलाम्मे र खाल्डाखुल्डी भएपछि असार २१ गतेबाट पूर्ण रुपमा अवरुद्ध सडक सञ्चालनमा आएको हो । अवरुद्ध सडक सञ्चालनमा आएसँगै शुक्रबारबाट नियमित यातायात सेवा सुरु गरिएको खोटाङ यातायात व्यवसायी संघका सचिव रामकुमार हिङमाङले बताउनुभयो...
खोटाङ, असोज १२,  गैर–सरकारी संस्था महासंघ खोटाङको अध्यक्षमा बिमलकाजी श्रेष्ठ चयन भएका छन् । सदरमुकाम दिक्तेलमा सोमबार साँझ सम्पन्न महासंघको पाँचौं अधिबेसनले श्रेष्ठ अध्यक्षमा चयन भएका हुन् ।  उनी यसअधि महासंघको सचिवको भूमिका सम्हाल्दै आएका थिए । निर्वाचन कमिटिले सचिव र कोषाध्यक्षको स्थान खाली राखेर महासंघको १३ सदस्यीय समितिको नामावली...
खोटाङ, असोज ११, खोटाङको पश्चिमी गाविस च्यास्मिटार–४ दाल्फुमा खेलमैदान उद्घाटन गरिएको छ । गाविसको २ लाख ३५ हजार अनुदान र २ लाख १७ हजार ५ सयको श्रमदानमा निर्माण गरिएको खेलमैदान बुधबार उद्घाटन गरिएको हो । चट्टान काटेर निर्माण गरिएको २३ मिटर लम्वाई र ९ मिटर चौँडाइ रहेको खेलमैदान खम्वुवान...
असोज ३ । संविधानसभाले नेपालको नयाँ संविधान जारी गरेको छ । आइतबार संविधानसभा भवन परिसर नयाँ बानेश्वरमा आयोजित एक विशेष कार्यक्रममा राष्ट्रपति डा. रामवरण यादवले संविधान घोषणा गरे । नयाँ संविधान जारी भएसँगै नेपालको अन्तरिम संविधान २०६३ स्वतः खारेज भएको छ । नयाँ संविधानको पूर्ण पाठ भने यस्तो छ:
अजोज २ – जिल्ला बिकास समिति खोटाङले शनिबार एक दिने श्रमदान कार्यक्रम गरेको छ । श्रमको सम्मानमा जिबिसले ‘मेरो पहिचान–श्रमको सम्मान’ भन्ने नारासहित सदरमुकाम दिक्तेलनजिक रहेको जनजागृति प्राबि डाँडागाउँ पुगेर विद्यालयको भौतिक संरचना निर्माणका काम गरेको हो । श्रमप्रति सम्मान जगाउँदै संबृद्ध खोटाङ निर्माणकालागि एक दिने श्रम शिबिरको आयोजना...
असोज–१, भरत लिमेल मगरको गीत गाउने अनि अरुलाई मनोरञ्जन दिने सोख सानै देखिको हो । बिद्यालयमा हुने हरेक साँस्कृतिक कार्यक्रम वा प्रतिष्पर्धामा सकेसम्म सहभागीता जनाउन छुटाउँदैनथे उनी । ‘पुरस्कार जित्नैपर्छ’ भन्ने थिएन, प्रतियोगीतामा सहभागीता जनाउनु उनको पहिलो प्राथमिकतामा पथ्र्यो । एसएलसि उत्तिर्ण गरेपछि २०५९ सालमा काठ्माण्डौं छिरेका मगर कलेजको...
भदौ–२०, खोटाङमा ९ औं राष्ट्रिय मानव बेचबिखनबिरुद्धको दिवस मनाइएको छ । महिला तथा बालबालिका कार्यालयसँगको समन्वयमा महिला मानव अधिकार रक्षक सञ्जालको आयोजनामा आइतबार दिबस मनाइएको हो । जिबिसको समिक्षालय हलमा आयोजित कार्यक्रमा प्रहरी नायब उपरिक्षक बिद्यानन्द माझीले ‘मानव बेचबिखन तथा ओसारपसार, अपराध नियन्त्रणको प्रयास र यसका कानूनी प्राबधान’को विषयमा...
भदौ–२०, खोटाङको दक्षिणी गाबिस लिच्कीराम्चे–७ कालापानीस्थित रसुवाघाट–कालापानी खानेपानी योजनाकालागि १० लाख बजेट छुट्टिएको छ । सुनकोसीको पानी पम्पिङ प्रबिधिमार्फत कालापानी तान्ने प्रयासस्वरुप सञ्चालन सुरु गरिएको खानेपानी योजनाकालागि यस आर्थिक वर्ष रेडबुकमा १० लाख बजेट परेको हो । गत वर्ष २ लाख बजेट परेको आयोजनाकालागि यस पल्ट ८ लाख बढि...