बोले पनि नबोले पनि
माया बस्दोरैछ, किन होला ।
सोचे पनि नसम्झे पनि
मुटु दुख्दो रैछ किन होला ।
माथि प्रस्तुत शब्दहरु रेडियो टिभी तथा युट्युब च्यानलहरुबाट सुनिसक्नु भएकै हुनुपर्छ । किन पनि भने, खोटाङे एक चेलीको स्वरबाट गुन्जिन पुगेको यो गितले शहर गाउँ पाखाहरु पक्कै पनि गुन्जेको हुनसक्छ ।
नेपाली सांगितिक क्षेत्रमा दर्जनौं दर्जन गितमा स्वर भरेकी खोटाङका थ्रुपै स्रष्टामध्ये एक हुन सुमि चाम्लिङ । रतन्छा गाविसमा जन्मिएर स्कुले जिवन जिल्लामै बिताएकी सुमी परिवारकी भने काइँली छोरी हुन् ।
आफ्नै एल्बमसहित उनले थुप्रै गितहरुमा स्वर दिएकी छिन् । उनले खोटाङै गायक राजेश पायल राईसँग दिक्तेल बजार नामक गितमा समेत उनको स्वर सुन्न सकिन्छ ।
दिक्तेल बजार र कान्छा
अर्काकी छोरीलाई नलाउ नजर
गायिका सुमी आफ्नो आइडल पर्सनका रुपमा गुरु प्रकाश गुरुङलाई मान्छिन् । उनी आफ्नो मन पर्ने भिडियोमा भने बोले पनि नबोले पनिलाई मान्छिन् ।
आफूले यो क्षेत्रमा निक्कै दुःख र संघर्ष गरेको बताउने उनले यो क्षेत्रको भविष्य भने राम्रो रहेको बताउँछिन् । कान्तिपुर टेलिभिजनको सांगितिक कार्यक्रम हियर आई कममा उनले भनेकी छन्, ‘यो क्षेत्रमा भविष्य राम्रो छ, तर आउने भाई बहिनालाई गित संगीत क्षेत्रको विषयमा राम्रो बुझेर र राम्रो ठाउँमा सिकेर मात्रै प्रवेश गर्न सुझाव दिन्छु ।’
उनको हालसालै निस्किएको गित भने यस्तो छ
उनको हालसालै निस्किएको गित भने यस्तो छ