जिल्ला कारागार शाखा खोटाङका महिला कैंदीबन्दीले जेलभित्रै तीज मनाएका छन् । जिल्लाका महिला अधिकारकर्मी र उनीहरुले जेलभित्रै तीज मनाएका हुन् ।
तीजको अवसरमा शनिबार महिला अधिकारकर्मीले व्यक्तिगत खर्चमा कारागार पुगेर महिला कैंदीसँग नाचगान गरेर खुसीयाली साटेका छन् । सांसद पिके राई समेत अधिकारकर्मीको साथमा कारागार पुगेका थिए ।