
रामधन राई
खोटाङ २३ भदौ । खोटाङको दिक्तेल नगरपालिका पुर्ण साक्षर नगरपालिका घोषित भएको छ । नगरपालिकामा रहेका १५ देखि ६० बर्ष उमेर समुहका झण्डै १० हजार जनसंख्या मध्ये ९७ प्रतिशतले अक्षर चिन्न, लेख्न र पढ्न सक्ने भए पछि बिहिबार पुर्ण साक्षर नगरपालिका घोषणा गरिएको हो ।

जिल्ला विकास समितिको समिक्षालय हलमा बिभिन्न साँस्कृतिक कार्यक्रमसहित सम्पन्न घोषणा कार्यक्रमअघि राजनीतिक दल, बिभिन्न सरकारी तथा गैरसरकारी संस्थाका प्रमुख तथा प्रतिनिधि, बिद्यार्थी, शिक्षकलगायतका सहभागितामा बिशाल र्यालीले दिक्तेल बजार परिक्रमा गरेको थियो ।
यसैबीच, आजै जिल्लाको बुइपा गाविसलाई पनि पुर्ण साक्षर गाबिस घोषणा गरिएको छ । यससँगै एक नगरपालिका र ७२ गाबिस रहेको जिल्लामा ६१ गाबिस र एक नगरपालिका साक्षर क्षेत्र घोषणा भएको छ ।