13.1 C
Kathmandu
Monday, January 13, 2025

खोटाङ समाचार

khotang first online news

खोटाङ जेठ–११ । खोटाङस्थित बराहपोखरी गाउँपालिकाले लकडाउनबाट पीडित भएका ७ सय ३८ परिवारलाई राहत वितरण गरेको छ । लकडाउनका कारण समस्यामा परेका ६ वटै वडाका विपन्न परिवारलाई गाउँपालिकाले १५ लाख रुपैंयाँ बराबरको चामल, दाल, नुन, तेल वितरण गरेको हो । एक देखि दुई जना सदस्य संख्या भएका परिवारलाई प्रति परिवार...
खोटाङ  जेठ–११ । सुनसरीको तरहरावाट आफन्तको मृत्यु भएको नक्कली कागजात बनाएर पाँच जना स्थानीय खोटाङ आएको खुलेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडाका स्थानीय आफन्तको मृत्यू भएको नक्कली कागजात वनाएर गाउँ आएको खुलेको हो । उनीहरुले २० वर्षअघि मृत्यु भएका थापा थरका आफन्तको गत जेठ ८ गते मृत्यु भएको...
दमन राई लकडाउनको मारमा परेका नागरिकलाई खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले तेश्रो चरणको राहत वितरण सुरु गरेको छ । पहिलो चरणमा ६ सय परिवार र दोश्रो चरणमा ४७८ परिवारलाई चामल, दाल, नुन, तेल र तरकारी बाँडेको गाउँपालिकाले तेश्रो चरणको राहत वितरण सुरु गरेको हो । गाउँपालिकाले तेश्रो चरण अन्तरगत शनिबार दिप्रुङ...
खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाका ४३ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । कोरोना भाइरसको संक्रमित फेला परेपछि उनका परिवारका आठ जना, उनी सँगै बसमा यात्रा गरेका व्यक्ती, उनको प्रत्यक्ष सम्पर्क र भेटघाटमा पुगिसकेका छिमेकी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायतको स्वाव संकलन गरेर परिक्षणका लागि पठाइएकामा सबैको पिसिआर रिपोर्ट...
खोटाङ । जिल्ला अस्पताल खोटाङलाई ब्रिटिस गोर्खा वेलफेयरले स्वास्थ्य सामग्री प्रदान गरेको छ । वेलफेयरले जिल्ला अस्पताललाई सर्जिकल मास्क, गाउन, ग्लोव्स, मास्क लगायतका स्वास्थ्य सामग्री प्रदान गरेको हो । वेलफेयरले कोरोना भाइरस ९कोभिड–१९० रोकथाम तथा नियन्त्रणका लागि सहयोग गरेको जनाएको छ । ब्रिटिस गोर्खा वेलफेयरका प्रमुख सुवास राईले शनिबार अस्पताल सञ्चालन...
खोटाङ, ८ जेठ (रासस) : कोरोना भाइरसको जोखिम हुन नदिन रावाबेँसी गाउँपालिकाले सीमानाकामा हुने आवत जावतमा रोक लगाएको छ । हलेसी तुवाचुङ नगरपालिकामा एक युवकलाई कोरोना सङ्क्रमण भएको पुष्टि भएपछि सो गाउँपालिकाले बन्दाबन्दीको अवधिभर सबै प्रकारका गाडी तथा पैदल आवत जावतमा रोक लगाएको हो । गाउँपालिकास्तरीय कोरोना भाइरस...
सगरमाथा राजमार्गको दिक्तेल–गाईघाट सडक खण्डमा पर्ने सुनकोशीस्थित फोक्सिङटारमा जडान गरिएको अस्थायी बेलिब्रिज हटाउन शुरु गरिएको छ । खोटाङ र उदयपुर जोड्ने फोक्सिङ्टारमा गत मङ्सिर–२७ गतेदेखि सञ्चालनमा ल्याइएको अस्थायी बेलिब्रिज मङ्गलबारदेखि निकाल्न शुरु गरिएको हो । पूर्वी तराईका विभिन्न जिल्ला जोड्ने छोटो दूरीको सडक खण्डमा पर्ने फोक्सिङ्टारको अस्थायी बेलिब्रिज निकाल्न...
खोटाङ । कोरोनाको संक्रमण पुष्टि भएका खोटाङका २० वर्षिय युवालाई विराटनगरस्थित प्रादेशिक अस्पतालको आइसोलेसनमा पठाइएको छ । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका २० वर्षीय युवालाई उपचारका लागि प्रादेशिक अस्पताल पठाइएको हो । यस्तै, उनको परिवार, उनी सँगै बसमा यात्रा गरेका व्यक्ती, उनको संसर्गमा बसिसकेका व्यक्ती गरी ४३ जनाको पिसिआर टेष्टका लागि...
एक युवकमा कोरोना भाइरसको सङ्क्रमण देखिएसँगै खोटाङको हलेसी तुवाचुङ नगरपालिकालाई अनिश्चितकालीन बन्द गरिएको छ । काठमाडौँबाट गत वैशाख १२ गते उद्धार गरेर ल्याइएका वडा नं ७ महादेवस्थानका २० वर्षीय युवकमा कोरोना भाइरसको सङ्क्रमण भएको पुष्टि भएसँगै आजदेखि नगरपालिकालाई अनिश्चितकालीन बन्द गरिएको छ । एक युवकमा कोरोना भाइरसको सङ्क्रमण फेला...
खोटाङमा पहिलो पटक एक युवामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । काठमाडौंबाट खोटाङ आएका हलेसी नगरपालिकाका २० वर्षिय युवामा कोरोना पुष्टि भएको हो । उनको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो। युवकलाई मंगलबार बिहान विराटनगरको कोशी अस्पताल लैजाने नगरपालिकाले गरेको छ...