खोटाङ । खोटाङका २ नगरपालिका र ८ वटा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेका छन् । दश स्थानीय तहले
करिब साढे ४ अर्ब बराबरको बजेट प्रस्तुत गरेका हुन् ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ का लागि ७६ करोड ९० लाख २७ हजार बराबरको बजेट ल्याएको छ ।

खोटाङको अर्को नगरपालिका हलेसी तुवाचुङ नगरपालिकाले ५२ करोड ७८ लाख १४ हजार बराबरको बजेट प्रस्तुत गरेको छ ।

जिल्लाको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले ५१ करोड ४२ लाख ७ हजारको बजेट प्रस्तुत गरेको छ भने खोटेहाङ गाउँपालिकाले ४८ करोड १८ लाख ४९ हजार बजेट ल्याएको छ ।

यसैगरी, जन्तेढुंगा गाउँपालिकाले ३३ करोड ३० लाख २७ हजार र ऐसेलुखर्क गाउँपालिकाले ४० करोड ८४ लाख ५२ हजार बराबरको बजेट ल्याएकाे छ भने साकेला गाउँपालिकाले ३० करोड ७७ लाख ४४ हजारकाे बजेट प्रस्तुत गरेको छ ।

यस्तै, बराहपोखरी गाउँपालिकाले २८ करोड ३५ लाख ६९ हजारकाे बजेट ल्याएकाे छ। यसैगरी, केपीलासगढी गाउँपालिकाले ३३ करोड ८५ लाख ३४ हजार र रावाबेँसी गाउँपालिकाले २९ करोड ७७ लाख ९५ हजारकाे बजेट प्रस्तुत गरेका छन् ।