खोटाङ । खोटाङमा कोरोना पुष्टि भएका चार संक्रमितलाई उपचारका लागि कोरोना अस्पताल पुर्याइएको छ ।

दिक्तेल रुपाकोट नगरपालिकाका मेयर दिप नारायण रिजालले चारै जना संक्रमितलाई कोरोना अस्पताल पुर्याइएको हाम्रोखोटाङ डटकमलाई जानकारी दिए ।

उनका अनुसार संक्रमित दुई महिलालाई गोठगाउँस्थित आइसोलेशन र पुरुषलाई बिपी कोइरालास्थित आइसोलेशनमा राखेर उपचार भइरहेकाे छ ।

स्वास्थ्य मन्त्रालयले आइतबार खोटाङका चार जनामा कोरोना पुष्टि भएको जनाएको थियो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका १८ वर्ष र ३८ वर्षका पुरुष, सोही नगरपालिकास्थित वडा नम्बर १४ बुइपाका २५ वर्षिया महिला र ऐसेलुखर्क गाउँपालिका–१ राखाबांदेलकी ३० वर्षीय महिलालाई कोरोना संक्रमण पुष्टी भएको हो । १८ वर्षिय युवा भारतबाट तथा अन्य युवायुवती तेश्रो मुलुकबाट आएका हुन् ।

उनीहरुमध्ये तीन जना क्वारेन्टाइनमा थिए भने एक जना होम क्वारेन्टाइनमा थिए । होम क्वारेन्टाइनमा रहेकाको परिवारको स्वाव संकलन गरिएको छ भने घर सिल गरिएको छ ।



Loading Facebook Comments ...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here