नेपाल प्रेस युनियन खोटाङका उपाध्यक्ष राजन ठटालले युनियन परित्याग गरेका छन् । उनले एक विज्ञप्ति निकालेर युनियन त्याग गरेको घोषणा गरेका हुन् ।

“प्रेस युनियनले सिङ्गो पत्रकारहरुको हकहितको प्रर्वद्धन गर्न नसक्ने मेरो व्यक्तिगत ठहर रहेकाले आजकै मितिबाट यस सङ्गठनसँग मेरा कुनै सम्बन्ध नरहने जानकारी गराउँछु”, उनले भनेका छन् ।

युनियन परित्याग गरेका ठटालले प्रेस सङ्गठन नेपालमा प्रवेश गरेको घोषणा समेत गरेका छन् । ‘आगामी दिनमा म प्रेस संगठन नेपालमा आवद्ध भई मेरो पेशागत बफदारीलाई कायम राख्नेछु ।’ उनले विज्ञप्तिमा भनेका छन् ।

उनले प्रेस युनियनले अख्तियार गरेको नीति तथा कार्यक्रमप्रति आफू असहमत रहेको जनाएका छन् ।

ठटाल यसअघि झापा रहेर पत्रकारिता गर्दै आएका थिए । केही समय अगाडि खोटाङ आएर पत्रकारिता शुरु गरेका ठटाललाई प्रेस युनियनले जिल्ला उपाध्यक्षको जिम्मेवारी दिएको थियो ।



Loading Facebook Comments ...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here