काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ९ जना नयाँ मन्त्री थपेका छन् । अहिलेका मन्त्रीमध्ये २ जनालाई हटाएका छन् भने केहीको जिम्मेवारी हेरफेर समेत गरेका छन् ।
ओलीले संसद विघटन गरेको ६ दिनपछि टोपबहादुर रायमाझीलाई उर्जा, जलस्रोत तथा सिँचाई, प्रभु साहलाई शहरी विकास, मणि थापालाई खानेपानी तथा सरसफाइ, गौरीशकर चौधरीलाई...
खोटाङ । नेपाल कम्युनिष्ट पार्टी नेकपा खोटाङका सचिव राम दंगाल र प्रदेश सांसद उषाकला राईले ओली समूहको केन्द्रीय सदस्य अस्वीकार गरेका छन् ।
बालुवाटारमा मंगलबार भएको नेकपा ओली समूहको बैठकले सचिव दंगाल र सांसद राईलाई केन्द्रीय सदस्य बनाएको थियो । उक्त केन्द्रिय सदस्य पद उनीहरुले अस्वीकार गरेका हुन् ।
‘पार्टीको केन्द्रिय...
खोटाङ पुष–८, प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेको बिरोधमा जनता समाजवादी पार्टी खोटाङले बिरोध जुलुस निकालेको छ । केन्द्रीय समितिको पुर्वघोषित कार्यक्रम अनुसार जनता समाजवादीले दिक्तेलबजारमा वुधवार प्रधानमन्त्री र राष्ट्रपति विरुद्ध नारावाजी गर्दै जुलुस निकालेको हो ।
पार्टी कार्यालयबाट सुरु भएको बिरोध जुलुस पुरानो बेसक्याम्प, संगमपार्क हुँदै रत्नपार्क पुगेर...
खोटाङ पुष–८, अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) खोटाङले नेपाल मानव अधिकार वर्ष पुस्तक–२०२१ को प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा सन् २०२० मा अभिलेख गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका प्रतिनिधिमूलक घटना प्रतिवेदन इन्सेक जिल्ला प्रतिनिधि रामधन राईमार्फत प्रस्तुत गरिएको हो ।
पुष–८ गते वुधबार प्रस्तुत प्रतिवेदनमा...
आफैँले रोजेको केटासँग प्रेम विवाह गर्दा साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडास्थित सेखुवाकी २६ वर्षीया सकुन्तला राईको हत्या भएको छ । पटकपटक आफूले रोजेको केटासँग विवाह गर्न आग्रह गर्दै आएका ठूूलो बुबाका छोरा सञ्जीव राईले बहिनी सकुन्तलाको हत्या गरेको खुलासा भएको हो । करिब सात वर्षदेखि प्रेम सम्बन्धमा रहेकी सकुुन्तलाले शुक्रबार दिक्तेल...
खोटाङ पुष–७, खोटाङमा घर निर्माणका क्रममा पर्खालवाट लडेर एक युवाको मृत्यु भएको छ । दिपु्रङ चुईचुम्मा गाउँपालिका–१ याम्खाका स्थानीयको घर निर्माणका क्रममा लडेर गम्भीर वनेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका २४ वर्षीय दिपेन्द्र राईको मृत्यु भएको हो ।
निर्माणाधिन घरको पर्खालबाट लडेर घाईते भएका राईलाई उपचारका लागि एम्वुलेन्सवाट काठ्माण्डौं लैजाने...
खोटाङ पुस–७, खोटाङस्थित साकेला गाउँपालिका–१ बाँझेच्यानडाडाँ सेखुवामा एक महिला मृत भेटिएकी छन् । सेखुवामा पर्ने साप्सुखोलामा स्थानीय २८ वर्षीया सकुन्तला राई सोमवार मृत भेटिएकी हुन् ।
मृत फेला परेको महिलाको हत्या भएको हुन सक्ने आशङ्का गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी नारायणप्रसाद चिमरीयाले वताउनुभयो । घटनामा संलग्नको आशङ्कामा एक जनालाई नियन्त्रणमा...
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीलाई जानकारी नदिई प्रतिनिधिसभा विघटन गर्ने सिफारिस गरेपछि पार्टीले कारबाही गरेको छ । नेकपा स्थायी कमिटीको आइतबार बसेको बैठकले ओलीलाई अनुशासनको कारबाही गर्ने निर्णय गरेको हो ।
प्रस्ताव पर्सि ७ गते बोलााइएको केन्द्रीय कमिटीको बैठकमा पेश...
खोटाङ पुस–४, विभिन्न देशमा पुगेर रेमिट्यान्स भित्र्याउँदै देशको अर्थतन्त्र मजुवद बनाउन योगदान पु¥याएको भन्दै खोटाङमा आप्रवासी कामदारको सम्मानमा दिप प्रज्वलन गरिएको छ । रोजगारीका सिलसिलामा बिश्वका विभिन्न देशमा पुगेर देशको अर्थतन्त्रप्रति पु¥याएका त्याग र योगदानका सम्मानमा जिल्लाका ४ स्थानीय तहमा एकैसाथ दिप प्रज्वलन गरिएको हो ।
‘अन्र्तराष्ट्रिय आप्रवासी कामदार दिवस...
खोटाङ पुस–१, खोटाङमा ट्याक्टर दुर्घटना हुँदा सह–चालकको मृत्यु भएको छ । खोटेहाङ गाउँपालिका–६ ईन्द्रेणीपोखरीको मेर्लामा सु–प–प्र–०१–००२ त ४२९८ नम्बरको ट्याक्टर दुर्घटना हुँदा उदयपुरको लिम्चुङबुङ गाउँपालिका–४ बलम्ताका १८ वर्षीय किरण राईको घटनास्थलमै मृत्यु भएको हो ।
सप्तरीको फत्तेपुरबाट धान लिएर ईन्द्रेणीपोखरीको रोक्सिमभञ्ज्याङतर्फ जाँदै गरेको ट्याक्टर पल्टँदा वलम्ताकै १९ वर्षीय ट्याक्टर चालक...