खोटाङ पुष–८, अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) खोटाङले नेपाल मानव अधिकार वर्ष पुस्तक–२०२१ को प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा सन् २०२० मा अभिलेख गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका प्रतिनिधिमूलक घटना प्रतिवेदन इन्सेक जिल्ला प्रतिनिधि रामधन राईमार्फत प्रस्तुत गरिएको हो ।
पुष–८ गते वुधबार प्रस्तुत प्रतिवेदनमा राज्यबाट भएको मानव अधिकार उल्लङ्घन(राजनीतिक अधिकार)का दुई घटना छन् । प्रतिवेदनमा ६ जनाको हत्या, एक वालिकाका सहित सात जना वलात्कृत भएको घटना उल्लेख छ । यस्तै, एक वालिका र एक महिलामा वलात्कार प्रयास भएको घटना पनि प्रतिवेदनमा समाबेश गरिएको छ । कुटपिटका दुई र धम्कीका एक गरी १८ वटा घटनालाई मानव अधिकार उल्लङ्घनको प्रतिनिधि घटनाका रुपमा उल्लेख गरिएको छ ।
हलेसी न्युज नेटवर्क प्रालिको कार्यालय दिक्तेलवजारमा सम्पन्न समीक्षा कार्यक्रममा राजनीतिक दलका नेता, अधिकारकर्मी, पत्रकार लगायतको उपस्थिती थियो । कार्यक्रममा साना–साना लाग्ने तर उल्लङ्घन भईरहने सामाजिक, साँस्कृतिक, आर्थिक लगायतका घटनाहरुलाई समेत मिहिन ढंगले उजागार गर्र्नुपर्ने सुझाव ईन्सेकलाई दिईएको छ ।
बालबालिका तथा महिलामाथि बलात्कार र घरेलु हिंसाका घटना दिन प्रतिदिन बढिरहेकाले यस्ता घटनाहरुको न्यूनिकरणमा सरोकारवाला सबैको ध्यान जानु आवश्यक रहेको हलेसी न्युज नेटवर्क प्रालिको अध्यक्ष हरिवोल आचार्यले जनाउनुभयो । ।