![ram dangal and ushakiran](https://hamrokhotang.com/wp-content/uploads/2020/12/ram-dangal-and-ushakiran-e1608803376613-696x587.jpg)
खोटाङ । नेपाल कम्युनिष्ट पार्टी नेकपा खोटाङका सचिव राम दंगाल र प्रदेश सांसद उषाकला राईले ओली समूहको केन्द्रीय सदस्य अस्वीकार गरेका छन् ।
बालुवाटारमा मंगलबार भएको नेकपा ओली समूहको बैठकले सचिव दंगाल र सांसद राईलाई केन्द्रीय सदस्य बनाएको थियो । उक्त केन्द्रिय सदस्य पद उनीहरुले अस्वीकार गरेका हुन् ।
‘पार्टीको केन्द्रिय सदस्य बनाएकोमा जसले प्रस्ताव गर्नुभयो धैरै धेरै धन्यवाद, तर, हाल यो पार्टीको केन्द्रिय सदस्य पदमा आफू नरहने जानकारी गराउँदछु ।’ सचिव दंगालल सामाजिक संजालमा लेखेका छन् ।
यस्तै, प्रदेश सांसद राईले सबै किसिमका गलत कुराहरु विशेष गरेर भ्रष्टाचार अन्त्य गर्ने र समृद्धिको मुद्दाहरू अगाडि बढाइरहेकाे र अहिले अलपत्र परेको भन्दै केन्द्रीय सदस्य पद अस्वीकार गरेकी छिन् ।
“यो कम्युनिस्ट आनदोलनमा म लागेको पनि चार दशक भएको छ तर पद र पैसा केहि होइन जनताको दुई पैसा खाइन्न बरु भोकै मर्न तयार हुनुपर्छ भन्ने हाम्रो मान्यता छँदैछ । सबै प्रकारका गलत कुराहरु मुख्य गरेर भ्रष्टाचार अन्त्य गर्ने र समृद्धिको मुद्दाहरू अगाडि बढाइ रहेका थियौं । तर आज त्यो अलपत्र परेको छ, उनले भनेकी छिन्, “यो बिचको विकसित राजनितिक परिघट्नामा सम्माननीय प्रधानमन्त्री केपी कमरेडले मलाई पत्याएर केन्द्रीय कमिटी जस्तो उच्च ओहोदामा राख्नु भएकोमा हृदय बाट कृतग्य जाहेर गर्दछु । तर मेरो ग्यानो भावले उक्त पदमा रहेर जिम्मेवारी सम्हाल्न म असमर्थ महशुस भएको छु । त्यसकारण बिनम्रताका साथ उक्त केन्द्रिय कमिटी सदस्य म नरहेको सबैमा अनुरोध गर्दछु ।”