असोज । खोटाङको च्यास्मीटारका स्थानीय युवा समुहले जाँड रक्सी बेचबिखन तथा सेवन नगर्न आव्हान गरेको छ । च्यास्मीटार–४ दाल्फु क्षेत्रमा जाँड रक्सी बेचबिखन तथा सेवनमा रोक लगाएको घोषणा गरेको स्थानीय सिर्जनात्मक एकता युवा समुहले सार्वजनिक सुचना टाँस गरी मादक पदार्थ बिक्रीवितरण तथा सेवन नगर्न आव्हान गरेको हो । जाँडरक्सीको...
असोज–९, आउँदै गरेको दशैं तथा तिहारको अवसरमा खोटाङको च्यास्मिटारका युवा समुहले बाटो मर्मत तथा सरसफाई गरेका छन् । दशैं तिहारको समयमा भेटघाट गर्न आउने टाढा–टाढाका पाहुनापाछाको आवत जावतमा सहजता ल्याउनका लागि सृर्जनात्मक एकता युवा समुहले जनश्रमदानबाट गाउँको गोरेटो बाटो मर्मत तथा सरसफाई गरेका हुन् ।
युवा समुहको अगुवाई तथा सबै...
असोज ८ । सुत्केरी व्याथाले थलिएको चार दिन भइसकेको थियो । त्यसमाथि अत्यधिक रक्तश्राव । अस्पताल लैजाउँ, साथमा खर्च छैन । घरैमा राखौं, ज्यानै जाने खतरा ।
खोटाङको राजापानी–६ का राजन खत्रीमाथि आइलागेको यस्तो कहाली लाग्दो बज्रपात हो यो । प्रशव पीडा र अत्यधिक रक्तस्रावका कारण ओछ्यानमा छटपटाइरहेकी श्रीमतीलाई...
असोज–४, जिल्लाका तीन श्रष्टाको सांगीतिक र साहित्यिक कृति बजारमा आएको छ । सप्तेश्वरका भीमसेना राईको एकल संगीत रहेको एल्बम ‘बेस क्याम्प’, दोर्पाचिउरीडाँडाका सागर राईको स्वर रहेको म्यूजिक भिडियो ‘सम्झौता’ र बतासेका नमन अणुको गजल संग्रह ‘नमन’ एकैसाथ बजारमा आएको हो ।
एल्बम ‘बेस क्याम्प’ र म्यूजिक भिडियो ‘सम्झौता’मा अधिकांश शव्द,...
असोज–२, नेपाल राष्ट्रिय शिक्षक संगठन खोटाङले विस्थापित शिक्षकहरुलाई तत्काल पदस्थापन गर्न प्रमुख जिल्ला अधिकारीसमक्ष माग गरेको छ । जिल्लामा २१ जना विस्थापित भएकामध्ये १४ जना शिक्षकलाई अझै पदस्थापन नगरिएको भन्दै जेष्ठताका आधारमा तत्काल पदस्थापनका लागि पहल गरिदिन प्रमुख जिल्ला अधिकारी गोबिन्द सापकोटा समक्ष माग गरेको हो ।
शिक्षा विभागले...
भदौ–२८, खोटाङको धितुङस्थित सल्लेनी तारेभिर सामुदायिक वन उपभोक्त समूहले घरमा शौचालय नबनाएका परिवारलाई वन उपभोक्ताबाट हटाउने निर्णय गरेको छ । सन् २०१६ भित्र जिल्लालाई खुला दिशा मुक्त बनाउने अभियानलाई सहयोग गर्ने उद्देश्यका साथ वन उपभोक्ता समूहले यस्तो निर्णय गरिएको हो ।
बहुुसरोकारवाला वन कार्यक्रम अन्तर्गत सामुदायिक वनको विधान तथा कार्ययोजना...
भदौ–२७, रावा सावा प्राज्ञिक समाजले खोटाङका पाँच व्यक्तित्वलाई सम्मान तथा पुरस्कृत गरेको छ । समाजले स्वास्थ्य, शिक्षा, साहित्य, संगीत र समाज सेवामा योगदान पु¥याउने तीन जनालाई ‘रावा सावा सम्मान’ तथा दुई जना व्यक्तित्वलाई ‘रावा सावा प्रतिभा पुरस्कार’ प्रदान गरेको हो ।
नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौंमा शुक्रबार एक कार्यक्रमको आयोजना...
भदौ–२६, जिल्लामा खाना पकाउने ग्याँस सकिएपछि ग्याँस उपभोक्ता मर्कामा परेका छन् । वर्षाका लागि भण्डारण गरिएका सबै कम्पनीका ग्याँस सकिएपछि ग्याँसका भरमा खाना पकाउने उपभोक्ता मर्कामा परेका हुन् ।
ग्याँस सकिएपछि विशेषगरी कोठा भाडामा लिएर सदरमुकाम बस्ने सर्वसाधारण मर्कामा परेका छन् । खाना पकाउने ग्याँस सकिएपछि कतिपय विद्यार्थी घर फर्किएका...
भदौ–२५, जिल्लामा आयोजना गरिएको तीन दिने निशुल्क स्वास्थ्य शिविरमा झण्डै दुई हजार विभिन्न प्रकारका बिरामीको उपचार गरिएको छ । यरिया वेलफेर खोटाङको आयोजना तथा कादुरी नेपालको आर्थिक सहयोगमा आयोजना गरिएको तीनदिने स्वास्थ्य शिविरमा एक हजार नौं सय जनाको उपचार गरिएको हो ।
शिविरमा सात सय ७७ जना आँखाका रोगीमध्ये ५८...
भदौ–२४, जिल्ला पशु सेवा कार्यालय खोटाङले आर्थिक वर्ष २०७१÷०७२ मा सञ्चालन गर्ने कार्यक्रम सार्वजनिक गरेको छ । कार्यालयले जिल्ला विकास समितिको समिक्षालय हलमा सोमबार एक कार्यक्रमको आयोजना गरेर आर्थिक वर्ष २०७१÷०७२ सञ्चालन हुने बजेट तथा कार्यक्रम सार्वजनिक गरेको हो ।
कार्यालयले आर्थिक वर्ष २०७१÷०७२ का लागि दुई करोड १३ लाख...