मलेसियामा ट्याक्सी चालकबाटै तीन नेपाली लुटिए

फागुन–९, मलेसियामा ट्याक्सी चालकबाटै तीन नेपाली युवक लुटिएका छन् । सेगमपुर सिरीसिनारबाट बातुकेभ फर्कनेक्रममा खोटाङको नुनथला–८ का फुर्वा शेर्पा, ओखलढुङ्गा मोली–१ का मानबहादुर थापा मगर र दाङ पुरनधारा–७ का बिनाराम ओली लुटिएका हुन् । 
लुटेरा चालकले शेर्पाकोसाथबाट एक थान सामसुङ्ग मोवाईल सेट र पाँच सय आरएम, मगरको साथबाट एक थान लेनोभो मोवाईल र एक सय आरएम तथा ओलीको एक थान सामसुङ्ग मोवाईल सेट र एक सय आरएम लुटेको पिडितले बताएका छन् । मलेसियामा जारी चाईनिज नयाँ वर्षको बिदा मनाउन साथीको होस्टल जानेक्रममा तीन नेपाली लुटिएको चिसाङ शेर्पाले जानकारी दिए । पछिल्लो समय मलेसियामा नेपाली कामदारमाथि लुटपाट तथा कुटपिटका घटना बढ्दैगएको छ ।