18.1 C
Kathmandu
Thursday, March 28, 2024

खोटाङ समाचार

khotang first online news

चैत्र–१४, खोटाङमा साहित्यिक बनभोजको आयोजना गरिएको छ । साहित्यिक क्रियाशीलता र गतिबिधिलाई गति प्रदान गर्नका लागि जिल्लाका क्रियाशील श्रष्टाहरुले दिक्तेल नजिकैको एक पर्यटकीय स्थलमा पुगेर साहित्यिक बनभोजको आयोजना गरेका हुन् । आ–आफ्नो गोजीबाट खर्च संकलन गरेर रामनवमीको अवशरमा आयोजना गरिएको साहित्यिक बनभोजमा दिनभर सिर्जना ‘सुन्ने सुनाउने’ कार्यक्रम सञ्चालन गरिए ।...
चैत्र–१३, खोटाङमा औधोगीक ग्राम स्थापनाकालागि संयन्त्र निर्माणको तयारी अन्तिम चरणमा पुगेको छ । जिल्लाका बिभिन्न स्थानमा छरिएर रहेका घरेलु तथा साना उद्योगहरुलाई एउटै थलोमा ल्याएर एकीकृतरुपमा सञ्चालन गर्नका लागि स्थापना गर्न लागिएको औधोगिक ग्रामकालागि एक छुट्टै संयन्त्र निर्माणको तयारी अन्तिम चरणमा पुगेको हो ।  जिल्ला बिकास समितिको नेतृत्वमा घरेलु तथा...
चैत्र–८, गायन प्रतियोगीता ‘भ्वइस अफ खोटाङ’को पहिलो उपाधि जीवन्तराग राईले हात पारेका छन् । ७ सय सहभागीमध्ये छैटौं अडिसनसम्म आइपुगेका उत्कृष्ट दश प्रतियोगी स्वरलाई उछिन्दै बुईपाका जीवन्तरागले ‘भ्वइस अफ खोटाङ’को उपाधि हात पारेका हुन् । सदरमुकाम दिक्तेलको माटिकोरे खेलमैदानमा शनिबार राती सम्पन्न फाइनल अडिसनबाट उनी ‘भ्वइस अफ खोटाङ’को पहिलो...
चैत्र–७, खोटाङको च्यास्मीटार–४ दाल्फुलाई गाबिसकै पहिलो धुवाँमुक्त क्षेत्र घोषणा गरिएको छ । वडाका सबै ३० घरधुरीमा सुधारिएको चुल्हो निर्माण सम्पन्न भएपछि दाल्फुलाई धुवाँमुक्त क्षेत्र घोषणा गरिएको हो ।  स्थानीयको आफ्नै पहलमा सुधारिएको चुल्हो निर्माण अभियान सकिएपछि शुक्रबार हलेसी बिकास मञ्चकी परिचालिका मनिषा राई र स्थानीय बृद्ध बागबर्ण राईले वडालाई  धुवाँमुक्त...
रामधन राई/खोटाङ,  चैत्र–१, खोटाङ रतन्छाबासी आफ्नो गाबिसमा सञ्चालित क्याम्पस ब्यवस्थित बनाउन प्रतिबद्ध बनेका छन् । हालै आयोजित एक अन्र्तक्रिया कार्यक्रममा रतन्छामा यही बर्षदेखि सञ्चालनमा आएको साकेला बहुमुखी क्याम्पसलाई ब्यवस्थित र गुणस्तरीय बनाउन आ–आफ्ना क्षेत्र र तहबाट जुट्ने प्रतिबद्धता जनाएका हुन् । कार्यक्रममा गाबिसका शिक्षाप्रेमीहरुले आर्थिक, भौतिक तथा श्रम सहयोग गर्ने प्रतिबद्धता...
फागुन १७ । दर्शकको थेगीनसक्नु भीड । सबैको प्रतिक्षाको एकोहोरो नजर सांगीतिक कार्यक्रमको स्टेजमा छ । लामो पखाईपछि बल्ल पालो आयो प्रमोद खरेलको । स्टेजमा आएर गायक खरेलले सबैतिर फर्केर हात जोडेर ‘नमस्ते’ गरे । स्टेजभन्दामाथि होटलको छतमा बसेर हेरिरहेका दर्शकलाई नमस्ते गरे । स्टेजबाट सामन्नेमा रहेका घरको बार्दलीबाट...
खोटाङ जिल्लाको २२ औं जिल्ला परिषद्द्वारा स्वीकृत आ.व. २०७२/०७३ को नीति, कार्यक्रम तथा बजेट सार्वजनिकिकरण समारोहका सभापति एवं स्थानीय विकास अधिकारी श्री महेन्द्र कुमार सापकोटाको मन्तव्य] प्रमुख अतिथि, माननीय उप–प्रधान एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्री श्री प्रकाशमान सिंहज्यू विषेश अतिथि माननीय सभासद्ज्यूहरु, माननीय जिल्ला न्यायाधीसज्यू, प्रमुख जिल्ला अधिकारीज्यू, पूर्व राज्यमन्त्रीज्यूहरु, पूर्व सांसद तथा...
फागुन–१३, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा खोटाङ र दुई उप–शाखाको भवन निर्माणका लागि निशुल्क जग्गा प्राप्त भएको छ । शाखाको तालिम हल निर्माणका लागि दिक्तेल नगरपालिका–१३ खाल्लेका कुलबहादुर श्रेष्ठबाट एक लाख ५० हजार मूल्याको एक रोपनी जग्गा निशुल्क प्राप्त भएको हो । यस्तै, बाहुनीडाँडा उपशाखाको भवन निर्माणका लागि स्थानीय चक्रबहादुर...
फागनु–११, वाणिज्य तथा आपूर्ती मन्त्री सुनिलबहादुर थापाले जिल्लामा हुने कृत्रिम अभावलाई निर्मूल पार्न बजार अनुगमनलाई सशक्त बनाउन प्रशासनलाई निर्देशन दिनुभएको छ । उद्योग वाणिज्य संघ खोटाङको सातौं साधारणसभा तथा जिल्ला अधिवेशन उद्घाटन गर्दै मन्त्री थापाले विभिन्न बहानामा गरिने कृतिम अभावलाई न्युनिकरण गर्दै उपभोक्ताको हितमा काम गर्न प्रशासनलाई निर्देशन दिनुभएको...
फागुन–९, सहमतीमा संबिधान निर्माणको माग गर्दै खोटाङका संघीयपक्षधर दलहरुले भण्डाफोर तथा खबरदारीसभा गरेको छ । सबै दलको सहमतीमा ‘पहिचान सहितको संघीयता, संघीयता सहितको संबिधान’ निर्माणको माग गर्दै शनिबार एमाओबादी, संघीय समाजबादी लगायतका संघीयपक्षधर दलहरुले ऐसेलुखर्कमा भण्डाफोर तथा खबरदारीसभा गरेका हुन् । बहुमतीय नभइ सहमतीको आधारमा नयाँ संबिधान निर्माण गर्न...