30.1 C
Kathmandu
Sunday, April 28, 2024

खोटाङ समाचार

khotang first online news

भदौ–२२, दिक्तेलमा भएको निवन्ध लेखन प्रतियोगितामा सरस्वति उच्च मावि दिक्तेलकी छात्रा पुष्पा गजमेर पहिलो हुनुभएको छ । आफ्ना १४ जना प्रतिस्पर्धीलाई पछि पार्दै कक्षा–१० मा अध्ययनरत छात्रा गजमेर पहिलो हुनुभएको हो । जिल्ला प्रहरी कार्यालय खोटाङले आयोजना गरेको निवन्ध लेखन प्रतियोगितामा माउण्ट एभरेष्ट बोर्डिङ स्कूल दिक्तेलका छात्र शैलेन्द्र कटवाल दोश्रो...
भदौ–१६, दिक्तेल नगरपालिका भित्रका सामाजिक सुरक्षा भत्ता पाउने व्यक्तिहरुलाई अब बैंकमार्फत भुक्तानी दिइने भएको छ । सामाजिक सुरक्षा भत्ता पाउने व्यक्तिहरुको तथ्यपूर्ण तथ्याङ्क आउने र सरकारी बजेट दुरुपयोग नहुनुका साथै सम्बन्धित व्यक्तिले पाउने भत्ता सजिलै पाउन सक्ने भएकाले यस्तो विधि अपनाइएको जनाइएको छ । यसका लागि सामाजिक सुरक्षा भत्ता पाउने...
इन्द्र नारथुङे राज्यको पुनः संरचनापछि पनि खोटाङको भूगोल अविछिन्न रहने लगभग निश्चित छ, भलै गाविस र नगरपालीकाको पुनः संरचनाको संभावनालाई भने नकार्न सकिन्न । जिल्लाको सम्पूर्ण भूगोल एउटै राज्यमा अटाउनु र कहिँ न कहिँ खोटाङ नामले सम्बोधन हुन पाउनु वर्तमान खोटाङको लागि अवसर नै हुने छ । तसर्थ यो लेख...
भदौ–१२, मजदुर कुटपिट गरेको आरोपमा खोटाङका एक मोटरबाईक वर्कशपका सञ्चालक पक्राउ परेका छन् । दुई वर्षदेखि खोटाङ मोटर पार्टस एण्ड वर्कशपमा काम गर्दै आएका एक मजदुरलाई निर्घात कुटपिट गर्ने वर्कशप सञ्चालक ज्ञानबहादुर राई पक्राउ परेका हुन् ।  आफूलाई बिना कारण कुटपिट गरेको र मानसिक तनाव दिएको भन्दै पीडितले दिएको उजुरीको...
यसरी नाचियो दिक्तेलमा लाखे जात्रा (भिडियोमा) भिडियोः सरोज सञ्जु, फेसबुक
साउन ३० । पहिरोले घर किच्दा गम्भिर घाइते बन्नुभएकी जालपा–४ की ४५ वर्षीया असारी विश्वकर्माको उपचारका लागि आर्थिक अभाव भएको छ । पहिरोले घर किच्दा दाहिने खुट्टा भाँचिनुका साथै टाउको र शरीरका विभिन्न भागमा चोट लागेर गम्भिर घाइते बनेकी विश्वकर्माको स्थानीय जनसेवा सामुदायिक अस्पताल जालपामा उपचार हुन नसकेपछि थप...
साउन–३०, नेपाल सितोरियो कराते संघ खोटाङ र ठमेल ह्याण्डीक्राफ्ट व्यवसायी संघले सिन्धुपाल्चोकका पहिरो पीडितलाई ८० हजार बराबरको घरायसी सामाग्री प्रदान गरेको छ । काठमाडौं निबासी कराते संघ र ह्याण्डीक्राफ्ट व्यवसायी संघका पदाधिकारीले राजधानीमा संकलन गरेको राहत रकमले खरिद गरिएको बन्दोबस्तीका सामाग्री पहिरो पीडितलाई प्रदान गरेका हुन् ।  सितोरियो संघ र...
साउन–२५ । पाँच भाइ छोरा एक्कै साथ बिरामी परेका थिए । उहाँलाई थाहा थिएन के भएर बिरामी भयो । एक्कै साथ बिरामी परेका छोराहरुलाई टुलुटुलु हेर्न बाहेक कुनै विकल्प थिएन उहाँको । सम्पत्तीको नाममा १२ आना जग्गा, त्यो पनि बन्दकी, एउटा चुहिने घर । खोटाङको दिक्तेल–९ सोल्मा (हाल दिक्तेल नगरपालिका–६)...
साउन–१४, वैदेसिक रोजगारीको सिलसिलामा मलेसिया पुगेका नेपाली कामदार लुटेराको चपेटामा पर्ने गरेका छन् । स्थानीय अराजक युवा र कहिलेकहीँ प्रहरीकै तारोमा पर्ने गरेको मलेसियामा कार्यरत खोटाङ नुनथलाका चिसाङ शेर्पाले बताउनुभयो । उहाँले भन्नुभयो, ‘कहिले चोरले लुट्ने, कहिले कोठा फोरीदिने, कहिले बाटो छेकेर कुट्ने र लुट्नेजस्ता कार्य मलेसियामा काम गरिरहेका...
साउन–१४, बहुलाहा स्यालको टोकाइबाट खोटाङमा पाँच जना घाइते भएका छन् । बुहुलाएर जथाभावी हिँडीरहेको स्यालको टोकाइबाट दोर्पाचिउरीडाँडा–५ का ७८ वर्षीय थरप्रसाद खनाल, २७ वर्षीया शुसिला खनाल, २१ वर्षीया रञ्जु खनाल, २७ वर्षीया सुनिता खनाल र दोर्पाचिउरीडाँडा–१ का १३ वर्षीय सन्देश राई घाइते भएका हुन् । घाइतेमध्ये गम्भिर बिरामी बनेका थरप्रसाद,...