7.1 C
Kathmandu
Saturday, January 11, 2025

खोटाङ समाचार

khotang first online news

जेठ–१४, खोटाङमा भुकम्प पिडितको परिचयपत्र र राहतकालागि झुटो बिवरण पेश गर्ने, उसलाई सहयोग गर्ने र सिफारिस गर्नेलाई कारबाही गर्ने तयारी गरिएको छ । झुटो बिवरण पेश गर्दै भूकम्प पिडितको नाममा राहतको दुरुपयोग हुने खतरालाई नियन्त्रण गर्नकालागि जिल्ला दैबीक प्रकोप उद्धार समितिले झुटो बिवरण पेश गरेर राहतकालागि दाबी गर्ने, नक्कली...
जेठ–९, दुधकोशी नदीमा सञ्चालित अस्थायी बेलीब्रीज तत्काल नझिक्न सडक विभाग समक्ष जिल्लाबासीले माग गरेका छन् । भूकम्पपीडितका लागि आवश्यक राहत सामाग्री जिल्ला भित्र्याउनुपर्ने भएकाले तत्काल बेलीब्रिज नझिक्न सडक विभाग समक्ष जिल्लाबासीले माग गरेका हुन् ।  जिल्लाको प्रमुखद्धारमा रहेको उक्त अस्थायी बेलीब्रिज आगामी जेठ–१० गते झिक्ने विभागले निर्णय गरेपछि यस्तो माग...
जेठ–८, खोटाङका भूकम्प पिडितकालागि स्वीस सरकारबाट झण्डै चार हजार सेट पाल प्राप्त भएको छ । बैसाख–१२ गतेको महाभूकम्पपछि जिल्ला दैबीक प्रकोप उद्धार समितिको आग्रहमा स्वीस सरकार बिकास सहयोगबाट ३ हजार ९ सय ७५ सेट पाल प्राप्त भएको हो ।  भूकम्पबाट घर भत्किएर अलपत्र बनेका पिडितको सहयोगार्थ स्वीस सरकारबाट प्रतिपरिवार दुई÷दुई...
जेठ–६, महाभुकम्पवाट मृत्यु हुने मृतात्माले चीर शान्तिको कामना गर्दै नेपाली सेनाले खोटाङमा शान्ति पुजा गरेको छ । भुकम्पवाट मृत्यु हुने खोटाङे तथा समस्त नेपालीको अत्माले शान्ति पाओस् भनि वुधवार दिक्तेलस्थित जवरजंग गण मुडे व्यारेकले शान्ति पुजा गरेको हो ।  गत वैशाख १२, १३ र २९ गतेको भुकम्पले मृत्यु हुनेको आत्माको...
जेठ–६, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा खोटाङले जिल्लाका भूकम्प पिडितकालागि तीन हजार थान बढि पाल बितरण गरेको छ । गत बैसाख–१२ गतेको महाभूकम्पले घर भत्किएर र चर्किएर बिस्थापित बनेका जिल्लाका भूकम्प पिडितलाई रेडक्रसले आफ्नै क्षेत्रीय र केन्द्रीय कार्यालय तथा संघसंस्थाबाट जुटाइएको तीन हजार ७५ थान त्रिपाल बितरण गरेको हो...
जेठ–५, खोटाङका भूकम्प पिडितलाई दश लाख बढिको त्रिपाल प्राप्त भएको छ । जिल्लाका भूकम्प पिडितलाई लाक्पा फुटी शेर्पा ट्रष्ट र जनबोली न्यूज नेटवर्कको संयुक्त पहलमा दश लाख बराबरको ६५० थान त्रिपाल प्राप्त भएको हो ।  राहत हस्तान्तरण गर्दै लाक्पा फुटी शेर्पा ट्रष्ट र जनबोली न्यूज नेटवर्कका प्रतिनिधि ट्रष्टका प्रमुख लाक्पा फुटी...
जेठ–३, बिनासकारी भूकम्पमा खोटाङका १२ जनाले ज्यान गुमाएका छन् । शिक्षा तथा रोजगारका सिलसिलामा राजधानी काठ्माण्डौं सिन्धुपाल्चोक लगायतका ठाउँमा पुगेका १२ जनाको मृत्यु भएको खोटाङ सेवा समाज काठ्माण्डौंको तथ्यांक छ ।  १० जनाको काठ्माण्डौंको बिभिन्न ठाउँमा र दुई जनाको सिन्धुपाल्चोकमा मृत्यु भएको समाजका अध्यक्ष राकेश राईले जानकारी दिनुभयो । भूकम्पका...
बैशाख– पुर्वप्रेमीकाको जन्मदिनको अवसरमा खोटाङका सञ्चारकर्मी चिसाङ्ग शेर्पाले नेपाल पत्रकार महासंघ शाखा खोटाङलाई आर्थिक सहयोग गरेका छन् । रोजगारीका सिलसिलामा हाल मलेसियामा रहेका पत्रकार शेर्पाले बैशाख–२१ गते परेको आफ्नो पुर्वप्रेमीकाको जन्मदिनको अवशर पारेर १५ हजार २५ रुपैयाँ आर्थिक सहयोग गरेका हुन् । समाजमा घटेका घट्नालाई सर्वसाधरण समक्ष सत्यतथ्यरुपमा सम्प्रेषण गरिरहेका...
बैशाख–२०, भूकम्पले विस्थापित बनेका जिल्लाका सर्वसाधारणको उद्दारका लागि दैवीप्रकोप उद्दार समितिको टोली घरघरमा पुगेका छन् । शनिबारको महाभूकम्पले बिस्थापित बनेकाको उद्दारका लागि १३ समूह बनाएर राहत सामाग्रीसहित उद्दार टोली घरघरमा पुगेका हुन् ।  एक नगरपालिका र ७२ गाविस रहेको खोटाङ जिल्लामा एक हजार पाँच सय ८० घरपरिवारको दश हजार दुई...
खोटाङको अर्खौलेको बिजुलेमा भूकम्पले भत्किएको घर ।  अर्खौलेको बिजुलेमा भूकम्पले भत्किएको घर । खार्पामा भूकम्पले भत्किएको घर ।  खोटाङको खार्पामा भूकम्पले घर भत्किएपछि गोलबेँडाको टनेलमा राखिएको ओछ्यान ।  खार्पामा भूकम्पले भत्किएको घर ।  लामीडाँडामा भूकम्पले क्षतबिक्षत बनेको घर ।  लामीडाँडामा भूकम्पले भत्किएको घर ।  भूकम्पले घर भत्किएपछि छाप्रोमा बसिरहेका खोटाङ लामीडाँडाकी एक महिला र बालबालिका ।  भूकम्पले...