30.1 C
Kathmandu
Sunday, April 28, 2024

खोटाङ समाचार

khotang first online news

काठमाडौं १२ साउन खोटाङ जिल्ला निवासी गिरिराजमणी पोखरेल स्वास्थ्य मन्त्री नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार गरेको दोस्रो चरणको मन्त्रीपरिषद विस्तार अन्तर्गत पोखरेल नेकपा माओवादी केन्द्रबाट स्वास्थ्य मन्त्री नियुक्त भएका हुन् । पोखरेल यसअघि केपी ओली नेतृत्वको सरकारमा शिक्षामन्त्री बनेका थिए । शिक्षा ऐनको नयाँ संशोधन लगायत शैक्षिक क्षेत्रमा...
खोटाङ ९ साउन । खोटाङको ऐतिहासिक तथा पर्यटकीय स्थलका रुपमा रहेको रुपाकोट मझुवागढी नगरपालिका–१३ नुन्थलाको महुरेमा सञ्चालित क्रसर उद्योग सञ्चालनमा रोक लगाईएको छ । १३ नम्बर नुन्थला र १४ नम्बर बुइपाको सिमाना तथा ऐतिहासिक महुरेगढीको आसपासमा अवस्थित राँके डाँडामा २ वर्ष अघिदेखि नियम बिपरित ढंगले सञ्चालन गरिएको क्रसर उद्योगलाई...
खोटाङ ४ साउन । काठमाडौं तथा तराईबाट जिल्लामा सिँधै सडक सञ्जालले जोडिने जिल्लाकाे प्रमुख नाका जयरामघाटको निर्माणधिन पुलमा स्टीलट्रष्ट जोड्ने काम सम्पन्न भएको छ । अब डलानको काम सम्पन्न भएसँगै पुल सञ्चालनमा ल्याइने भएको छ । ठेगेदार कम्पनीले दशैं अगाडी नै पुल सञ्चालनमा ल्याउने तयारीका साथ काम भइरहेकाे जनाएको छ...
खोटाङ, जेठ ५– खोटाङ सेवा समाज दोहा कतारले खोटाङलाई एक वटा एम्बुलेन्स प्रदान गरेको छ । अस्पताल नै नपुगी अकालमा ज्यान गुमाउनुपर्ने दुरदराजका सर्वसाधारणको बाध्यता अन्त्यका लागि प्रबासबाट एम्बूलेन्स प्रदान गरिएको समाजले जनाएको छ ।  कतार, मलेसिया, साउदी, कोरिया लगायतका देशमा कार्यरत युवाबाट संकलन गरेको १८ लाख रकमबाट एम्बूलेन्स खरिद...
खोटाङ ३ जेठ नेकपा माओवादी केन्द्रले रुपाकोट मझुवागढी (साविक दिक्तेल) नगरपालिकाका लागि मेयरमा दुर्गा जयन्ती राईलाई उठाउने भएको छ । स्थानीय तहको दोस्रो चरण अन्तर्गत ३१ जेठमा हुन लागेको निर्वाचनका लागि माओवादी केन्द्रले रुपाकोट मझुवागढी नगरपालिकामा मेयरमा दुर्गाजयन्ती राई र उप–मेयरमा विनोद आचार्यलाइ उम्मेदवार बनाउने भएको हो । दुर्गा जयन्ती पूर्वसभाषद समेत...
खोटाङ, २८ वैशाख । जिल्लाको प्रमुख नाका जयरामघाटको पक्की पुल असार मसान्तमा निर्माण कार्य सम्पन्न गर्ने ठेकेदार कम्पनीले प्रतिबद्धता जनाएको छ । खोटाङ र ओखलढुङ्गाको सिमानामा पर्ने दूधकोसीस्थित जयरामघाटको पक्की पुल नौं वर्षपछि निर्माण कार्य सम्पन्न हुन लागेको हो । पुलको मुख्य लठ्ठा राख्ने काम सकिएको र आवश्यक सामग्रीसमेत...
खोटाङ, १९ फागुन । खोटाङको लामीडाँडा गाउँपालिकालाई यथावत कायम गर्ने माग राख्दै कांग्रेस पार्टी कार्यालय सानेपामा आमरण अनसन सुरु भएको छ ।  लामिडाँडा, खार्पा, कुभिन्डे, हौचुर, दुबेकोल र डुम्रेधारापानी गाबिसलाई समेटेर प्रस्ताव गरिएको गाउँपालिकालाई कायम गर्नुपर्ने पक्षमा कांग्रेस पार्टीमा दवाव सिर्जना गर्न लामीडाँडा संरक्षण समितिका फटिक श्रेष्ठ र डा. राजकुमार...
सांसद विशाल भट्टराई खोटाङ, १४ फागुन । १८ दिन बित्दा समेत खोटाङको लिच्कीराम्चे–८ की १७ वर्षीया किशोरी रिता तामाङको हत्यामा संलग्न दोषी पत्ता नलागेको भन्दै सांसद विशाल भट्टराईले असन्तुष्टी पोखेका छन् । माघ २६ गते बुधबार छिमेकी गाविस सिमपानी–७ स्थित कुसेऔंशी जंगलमा बिभत्स हत्या गरिएको अवस्थामा फेला परेकी किशोरीको हत्यामा...
खोटाङ २५ माघ । सशस्त्र प्रहरी महानिरिक्षक दुर्जकुमार राईले सोमबार (हिजो) खोटाङमा सशस्त्र प्रहरी बल हलेसी गुल्म उद्घाटन गरेका छन् । एक कार्यक्रमको आयोजनाका बिच गुल्मको उदघाटन गरिएको थियो । सो क्रममा सशस्त्र प्रहरी महानिरिक्षक राईले देशको सेवाकाक्रममा आइपर्ने दुःख र संघर्षका क्रममा कहिल्यै बिचलित नहुन सशस्त्र प्रहरीका जवानलाई...
उत्तम चौलागाँई खोटाङ १७ माघ । खोटाङलाई प्लाष्टिक झोलामुक्त गरिने भएको छ । पसलेहरुले ग्राहकहरुलाई विभिन्न सामग्री बिक्री बितरण गर्दा प्लाष्टिक झोला अत्याधिक प्रयोग गरेका कारण वातावरणमा प्रतिकुल असर परेको भन्दै जिल्लालाई प्लाष्टिक मुक्त गरिने भएको हो । प्लाष्टिक झोलामुक्त गर्नका लागि जिल्ला विकास समितिको आयोजनामा गरिएको बैठकमा २०७३ साल फाल्गुण...