खोटाङ बैसाख–२३, खोटाङका मुर्तीकार रोजन राईलाई ‘टेम्के तुवाचुङ पुरस्कार–२०७५’ प्रदान गरिएको छ । टेम्के तुवाचुङ प्रतिष्ठान खोटाङले पाँचौं वार्षिकोत्सवको अवशर पारेर मुर्तीकार राईलाई ११ हजार १ सय ११ रुपैयाँ नगद तथा ताम्रापत्र प्रदान गरेको हो ।

प्रतिष्ठानले जिल्लाको भाषा, कला, साहित्य, गीतसंगीत, खेलकुद लगायतका क्षेत्रमा बिशेष योगदान पु¥याउने उत्कृष्ट एक प्रतिभालाई हरेक वर्ष प्रदान गर्दै आएको पुरस्कार यस वर्ष मुर्तीकार राईलाई प्रदान गरेको जनाएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पा घर भइ हाल धरानमा बस्दैआउनुभएका मुर्तीकार राईले मुर्ती तथा प्रतिमा निर्माणका माध्यमबाट देश बिदेशसम्म नेपाली समाज र संस्कृतिको प्रचार–प्रसारमा योगदान पु¥याएकामा ‘टेम्के तुवाचुङ पुरस्कार–२०७५’ प्रदान गरिएको अध्यक्ष एक्लेले बताउनुभयो ।

२०४५ सालदेखि बाँसको जराको विभिन्न आकृति तथा २०६५ सालदेखि तामा, पित्तल, फाइवर र रेजिनको मुर्ती बनाउँदै आएका राईले स्वदेश तथा विदेशबाट विभिन्न सम्मान तथा पुरस्कार पाइसक्नुभएको छ । केपीलासगढी गाउँपालिकाको बाक्सिलास्थित पृथ्बी माबिको सभाहलमा आयोजित कार्यक्रममा केपीलासगढी गाउँपालिका अध्यक्ष कृष्णकुमार राई र प्रतिष्ठानका अध्यक्ष भोगेन एक्लेले दोसल्ला ओढाएर ताम्रपत्रका साथमा पुरस्कार प्रदान गरेका छन् ।

हङकङमा बसोबास गरिरहेका नेपाली साहित्यकारको पहलमा २०७० सालमा स्थापना गरिएको २ लाखको अक्षय कोषबाट प्रतिष्ठानले बिभिन्न विद्याका प्रतिभालाई बार्षिक रुपमा पुरस्कृत गर्दैआएको छ ।