10.1 C
Kathmandu
Tuesday, January 7, 2025

समाचार

hot news, khotang news

काठमाडौँ । विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएपछि खोटाङका प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडा निलम्बनमा परेका छन् । अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि उनलाई निलम्बन गर्ने निर्णय गरिएको गृह मन्त्रालयले जनाएको छ । ओखलढुंगाको सिद्धिचरण नगरपालिकामा प्रमुख प्रशासकिय अधिकृत हुँदा विद्युत्त लाइन बिस्तार परियोजनामा भ्रष्टाचार गरेको आरोपमा आयोगले...
खोटाङ असार–२१, खोटाङस्थित साकेला गाउँपालिकाले पत्रकार उत्पादन अभियान चलाएको छ । ग्रामीण स्तरमा सूचना र सञ्चारको पहुँच विस्तार गर्ने उदेश्यका साथ स्थानीय नागरिकहरुलाई समेटेर पाँच दिने आधारभूत विकास पत्रकारिता तालिम चलाएको हो । तालिममा गाउँपालिकाका पाँच वटै वडाबाट तीन/तीन जना स्थानीय नागरिकहरु सहभागी छन् । गाउँपालिकाभित्र भएका विकासका गतिविधिहरुलाई अन्य...
खोटाङ असार–२१, खोटाङको साकेला गाउँपालिकाले ‘एक घर एक ब्यवसाय र रोजगार’ को नीति अनुरुप तीन महिने व्यवसायिक कपडा सिलाई कटाई तालिम सम्पन्न गरेको छ । “औधोगिक लगानी र पूर्वाधार, समृद्धिको आधार” भन्ने मूल नाराका साथ घरेलु तथा साना उद्योग विकास कार्यालय दिक्तेलको सहकार्यमा महिलाहरुका लागि तालिमको अयोजना गरेको हो...
खोटाङ असार–१२, खोटाङको साकेला गाउँपालिकाले आफ्नो पालिकाको जनसंख्या सन्तुलनमा राख्नका लागि नयाँ नीति अपनाएको छ । गाउँपालिकाबाट बसाइँ सरी जानेको संख्या दिनानुदिन बढिरहेकाले जनसंख्या सन्तुलनमा राख्न फरक नीति अपनाएको हो । आर्थिक वर्ष २०८०/०८१ को नीति, कार्यक्रम तथा बजेट सार्वजनिक कार्यक्रममार्फत अन्यत्रबाट बसाइँ सरेर आउने प्रत्येक परिवारलाई सम्मान स्वरुप पाँच...
खोटाङ असार–१०,  खोटाङका खोटेहाङ गाउँपालिकाले सरकारी सेवासुविधा लिएका सबै खाले कर्मचारी, शिक्षक तथा जनप्रतिनिधिका छोराछोरीलाई अनिवार्य सामुदायिक विद्यालयमा पढाउनु पर्ने नीति ल्याएको छ । गाउँपालिकाले शैक्षिक सुधारका लागि भन्दै आर्थिक वर्ष ०८०/०८१ को नीति तथा कार्यक्रममै उक्त व्यवस्था गरेको हो । गाउँपालिकाको हालै सम्पन्न गाउँसभा तथा तेह्रौ अधिवेशनमा सो ब्यवस्थासहितको...
खोटाङ बैशाख–१६, खोटाङका एक पुर्व प्रधानाध्यापकले कक्षा ११ र १२ सञ्चालानार्थ बिद्यालयका लागि एक लाख दुई हजार रुपैंयाँ प्रदान गर्नुभएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीस्थित श्री कालिका माबिलाई सोही बिद्यालयका पुर्व प्रअ कृष्णकिशोर राईले उक्त रकम प्रदान गर्नुभएको हो । अघिल्लो बर्षदेखि ११ कक्षा पठनपाठन शुरु गरिएको बिद्यालयलाई...
खोटाङ बैशाख–१५, खोटाङ रङ्गमञ्चले प्रदर्शनमा ल्याएको कचहरी नाटक टुङ्गिएको छ । समस्या उत्पादन गर्ने र दर्शकसँग समाधान खोज्ने नाटक जिल्लाका बिभिन्न नौं स्थानमा प्रदर्शनपछि टुङ्ग्याईएको हो । अनिल सुब्बााको निदेशन  र रुपेश लामाको सह निर्देशनमामा जनचेतनामूलक नाटक ‘कचहरी’ प्रदर्शनमा ल्याएएर दिक्तेलबजारमा अन्तिम प्रस्तुतिपछि समापन गरिएको हो । लागू औषध दुव्र्यसनका...
खोटाङ बैशाख–७, खोटाङमा शैक्षिक गुणस्तर अभिबृद्दिका लागि दुई दिने कार्यशाला गोष्ठी सुरु गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ वडा शिक्षा समितिले वडाका शिक्षकहरु लक्षित कार्यशाला बिहिबार  सुरु गरेको हो । नगरपालिकाको दुई नम्बर वडामा पर्ने सोल्मास्थित सुभम फाउण्डेशनको सभाहलमा सुरु गोष्ठीमा वडास्थित पाँच आधारभुत र एक माबिका शिक्षकहरुको सहभागिता...
खोटाङ वैशाख–७, ‘खोटाङ रङ्गमञ्च’को प्रस्तुति जनचेतनामूलक नाटक ‘कचहरी’ बिद्यालयहरुमा प्रदर्शन भईरहेको छ । लागूऔषध दुव्र्यशनीका कारण हुने बेफाइदा तथा नियन्त्रण गर्ने उपायका बारेमा सन्देश प्रवाह गर्ने उद्देश्यले तयारी पारिएको नाटक प्रदर्शन जिल्लाका बिद्ययालयहरुमा प्रदर्शन भईरहेको हो । ग्रामीण क्षेत्रका जीवन भोगाइमा आधारित कचहरी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आर्थिक सहयोग तथा...

खोटाङ बैसाख–५, खोटाङमा पहिचान पक्षधर समुहले कोशी प्रदेश लेखिएको क्यालेण्डर जलाएको छ । कोशी नाम खारेज गरी किरात प्रदेश नामाकरण गराउन दवावमुलक आन्दोलन थालेको समुहले क्यालेण्डर जलाएको हो । पुन ः नामांकन संयुक्त संघर्ष समिति अन्तरगतको युवा परिचालन समितिले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कोशी प्रदेश लेखिएको क्यालेण्डर जलाएका छन् ।...