काठमाडौं ९ भदौ
नेपाल आइडलबाट सुजाता पाण्डे बाहिरिएकी छन् । एपीवान टेलिभिजनबाट प्रसारण हुने म्युजिकल रियालिटी सो अन्तर्गत टप फाइभबाट भोटिंगको आधारमा शुक्रबारबाट उनी बाहिरिएकी हुन् । सुजाता बाहिरिएसँगै नेपाल आइडलमा महिला प्रतिस्पर्धी शुन्य बन्न पुगेको छ ।
नेपाल आइडलमा अब टप ५ मध्ये ४ मात्र नेक्स्ट राउण्डमा पुगेका छन् ।...
काठमाडौं
नेपाल पत्रकार महासंघको २५ औं महाधिवेशनबाट गोविन्द आचार्यको प्यानल विजयी बनेको छ । एमाले निकट प्रेस चौतारी पदाधिकारी र खुल्लामा शुन्य बन्यो भने कांग्रेस, माओवादी केन्द्र र मसाल निकटका प्रगतिशिल पत्रकारको संयुक्त प्यानल विजयी बन्यो ।
राजधानीमा ४–५ भदौमा सम्पन्न महाधिवेशन अन्तर्गत सोमबार नयाँ नेतृत्व चयनका लागि भएको मतदानमा प्रेस...
परासी २ भदौभारतले बनाएको बाँधका कारण डुबानले पीडित सुस्ताबासी आफैं सक्रिय भएर बाँध भत्काउन लागि परेका छन् ।
गण्डक नहरमा भारतले बनाएको एकतर्फी बाँधले डु्बान भएपछि बाँध भत्काउन पुगेका सुस्ताबासीलाइ प्रशासनले रोकेपछि उद्देश्य पूरा गर्न भने पाएनन् ।
भारतले बनाएको बाँध भत्काएर पानीको निकास दिने भन्दै सुस्ताबासी २ सय संख्यामा उपस्थित...
काठमाडौं १ भदौ
सत्तासिन तथा प्रतिपक्षी प्रमुख दलले आगामी मंसिर दोस्रो साता एकै मितिमा प्रदेश र केन्द्रको निर्वाचन गर्ने सहमति गरेका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाको पहलमा बुधबार बालुवाटारमा बसेको सत्तासिन नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र तथा प्रमुख प्रतिपक्षी नेकपा एमालेबिच भएको छलफलमा आगामी मंसिर दोस्रो साताभित्रै प्रदेश र केन्द्रीय संसदको...
काठमाडौं ३२ साउन । उत्तरी छिमेकी मित्र राष्ट्र चीन सरकारले बाढी पहिरो पीडितका लागि १० लाख अमेरिकी डलर सहयोगको घोषणा गरेको छ ।
बाढी पहिरोका कारण नेपालमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै आपतकालिन सहायतास्वरुप १० लाख अमेरिकी डलर नगद उपलब्ध गराउने घोषणा गरेको हा ।
काठमाडौंमा बुधबार शुरु भएको नेपाल–चीन...
काठमाडौं ३१ साउन । नेपाल र उत्तरी छिमेकी राष्ट्र चीनबीच आज तीनवटा सम्झौतामा हस्ताक्षर हुने भएको छ ।
भूकम्पपछिको पुनर्निर्माणका लागि आर्थिक तथा प्राविधिक सहयोग, पेट्रोलियम, ग्यास र खानी अन्वेषणका लागि सर्वेक्षण अनि नेपालमा चिनियाँ लगाउने भित्र्याउने सम्बन्धी छुट्टाछुट्टै तीनवटा सम्झौतामा हस्ताक्षर हुन हुने भएको हो ।
चीनको राज्य परिषद्का...
काठमाडौँ, ३० साउन । अविरल वर्षापछि बाढी पहिरो र डुबानबाट मृत्यु हुनेको संख्या ६६ पुगेको छ । गृह मन्त्रालयले अविरल वर्षाका कारण आएको बाढीपहिरो र डुबानका कारण हालसम्म ६६ जनाको मृत्यु भएको पुष्टि गरेको छ ।
गृह मन्त्रालयका अनुसार बाढीपहिरोबाट २८ घाइते र ५३ जना बेपत्ता रहेका छन् । रौटहटमा...
काठमाडौं ३० साउन
सरकारले बाढीपहिरोबाट मृत्यु भएका परिवारलाई क्षतिपूर्तिस्वरुप प्रतिव्यक्ति २ लाख रुपैयाँ दिने निर्णय गरेको छ ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले मृतकका परिवारलाई राहतस्वरूप तत्काल प्रतिव्यक्ति २ लाख रुपैयाँ दिने निर्णय गरेको हो । बैठकले तत्काल राहत र उद्धारका लागि सम्बन्धित निकाय र स्थानीय निकायलाई परिचालन हुन निर्देशन पनि...
चितवन, २९ साउन । लगातारको भारी वर्षापछि राजमार्गका विभिन्न ठाउँमा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडकखण्ड र पृथ्वी राजमार्गको मुग्लिन–नौबिसे सडकखण्ड अवरुद्ध बनेको छ ।
नारायणगढ–मुग्लिन सडक आयोजनाका प्रमुख चन्द्रनारायण यादवका अनुसार सो सडकको मुग्लिनको मुख, कालीखोला, चोर खोला, भालुखोला, सेतीदोभान, भोर्लेलगायतका क्षेत्रमा पहिरो खसेको छ ।
शनिबार दिउँसो २ बजेपछि...
चितवन, २९ साउन । पर्यटकीय नगरी सौराहामा राप्ती र बूढीराप्ति खोलाको बाढी पसेपछि अधिकांश होटल डुबानमा परेका छन् ।
फोटोः फाइल
क्षेत्रीय होटल सङ्घ, सौराहाका अध्यक्ष सुमन घिमिरेका अनुसार शनिबार साँझदेखि राप्ति किनारका पब, रेस्टुरेन्ट र होटलहरु पानीले डुबेका हुन् । कतिपय होटलका पहिलो तलाको पूरै भागसमेत डुबानमा परेको उनले...