काठमाडौं १७ भदौ
माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको केन्द्रीय अध्यक्षमा रञ्जित तामाङ विजयी भएका छन् । क्रान्तिकारीको इतिहासमा नै पहिलो पटक निर्वाचन मार्फत नेतृत्व चयन गरिएकोमा अनिल शर्मालाई झिनो मतले पराजित गर्दै तामाङ अध्यक्षमा विजयी भएका हुन् ।
उपाध्यक्षहरुमा सुरेन्द्र बस्नेत, दिपक देवकोटा, तिलकराज भण्डारी, र विजय गौतम विजयी भएका छन् । उनीहरु खुलातर्फबाट उपाध्यक्ष चुनिएका हुन् । यसैगरी महिला उपाध्यक्षमा पञ्चा सिंह, जनजाति उपाध्यक्षमा दिपेश पुन र मधेशी उपाध्यक्षमा रविकिरण यादव विजयी भएका छन् ।
महासचिवमा उत्तम अधिकारी निर्वाचित भए । उनले खेमबहादुर सिंहलाई पछि पार्दै संगठनको शक्तिशाली मानिने महासचिव पद जितेका हुन् ।
उपमहासचिव जीपी मैनाली, तुकमान महरा निर्वाचित भएका छन् । आशा तमु यसअघि नै महिला कोटाबाट निर्विरोध उपमहासचिव चुनिएकी थिइन् । कोषाध्यक्षमा केशव रावल विजयी भएका छन् ।
खुला सचिवमा डीबी साउद र नरेश रेग्मी तथा महिला सचिवमा गंगा दाहाल विजयी भएका छन् । विभिन्न क्लष्टरहरुबाट अखिल क्रान्तिकारीका १६ जना सचिव चुनिएका छन् ।