13.1 C
Kathmandu
Friday, January 10, 2025

खोटाङ समाचार

khotang first online news

फागुन–९, मलेसियामा ट्याक्सी चालकबाटै तीन नेपाली युवक लुटिएका छन् । सेगमपुर सिरीसिनारबाट बातुकेभ फर्कनेक्रममा खोटाङको नुनथला–८ का फुर्वा शेर्पा, ओखलढुङ्गा मोली–१ का मानबहादुर थापा मगर र दाङ पुरनधारा–७ का बिनाराम ओली लुटिएका हुन् ।  लुटेरा चालकले शेर्पाकोसाथबाट एक थान सामसुङ्ग मोवाईल सेट र पाँच सय आरएम, मगरको साथबाट एक थान...
फागुन–३, जिल्लाका एक युवा उल्टो साईकल यात्रामा जुटेको छ । बुइपा–९ का २७ वर्षीय दिलकुमार राई उल्टो साईकल यात्री बनी किर्तिमान कायम गर्न लागी परेको हो । साईकलको हेण्डिलमाथि बसेर उल्टोसुल्टो दुवैतर्फ मोडिएर साईकल चलाउने गरेको राईको भनाइ छ । जिल्लाको नुनथला महुरेदेखि राजापानीसम्म उल्टो साईकल यात्रा गर्दै आएको राई...
माघ–२७, जिल्लामा उत्पादन हुने रावाखोला जलविद्युत आयोजनाका लागि बैंकहरुसँग सम्झौता भएको छ । नेपाल बैंक लिमिटेडको नेतृत्वमा सोमबार सम्झौता भएको हो । एक अर्ब २५ करोडको लागतमा निर्माण कार्य सम्पन्न हुने हाइड्रो पावरका लागि नेपाल बैंक लिमिटेड, प्रभु, काष्ठमाण्डप, सिटिजन र बिभोर बैंकले लगानी गर्ने भएको छ । अढाई वर्षभित्रमा...
माघ–२३, रुखबाट लडेर खोटाङमा एक वृद्धको ज्यान गएको छ । दिक्तेल नगरपालिका–१५ खाल्लेका ६७ वर्षीय तीलकबहादुर राईको ज्यान गएको हो ।  घर नजिकैको रुखबाट बिहीबार साँझ लडेर गम्भीर घाइते बनेका राईको उपचारका क्रममा मृत्यू भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नावय निरीक्षक यादव गौतमले जानकारी दिनुभयो । रुखबाट लडेका राईको...
माघ–२१, खोटाङको प्रतिभा, कला संस्कृति र पर्यटन प्रबद्र्धनका लागि ‘नमस्ते खोटाङ–२०७१’ सुरु भएको छ । लुकेर रहेका प्रतिभाको खोज, लोपोन्मुख कला संस्कृतिको जगेर्ना तथा हलेसी, तुवाचुङ, रुपाकोट, टेम्के, बराहपोखरी लगायतका स्थलको पर्यटन प्रबद्र्धनका लागि सगरमाथा जनसेवा समाज नेपाल अर्खौलेको आयोजनामा हलेसी नजिकपर्ने अर्खौलेको सालपाचौंरमा ‘नमस्ते खोटाङ’को आयोजना गरिएको हो...
माघ–१४, गर्भवती महिला र बच्चाको जीवन रक्षाका लागि खोटाङको चिप्रिङका महिला समुहले सामुहिक कोष खडा गरेका छन् । उपचार गर्ने खर्चको अभावमा गर्भवती आमा र नवजात शिशुलाई मृत्युबाट बचाउनका लागि गाबिसका ९ वटै वडामा क्रियासिल आमा समुहले सामुहिक बचत गरी सहयोग कोष स्थापना गरेका हुन् । २०६३ साल भदौमा गठन...
माघ–१७, गायक तथा सञ्चारकर्मी सचिन राईले २४ औं जन्मदिन  मनाएका छन् । खोटाङ बाम्राङका गायक तथा सञ्चारकर्मी राईले शुक्रबार कुमारी चलचित्र हलमा जिल्लाका संगीतकर्मी र सञ्चारकर्मीबीचमा आफ्नो २४ औं जन्म दिन मनाएका हुन् ।  २०४६ साल माघ–१६ गते जन्मिएका सचिन २४ वर्ष पूरा गरी २५ वर्षमा प्रबेश गरेका छन् ।...
माघ–१५, धेरैलाई लाग्छ, परदेसिएका युवा सम्पत्ती कमाउनमा मात्र तल्लिन हुन्छन्, उनीहरु सँधै व्यक्तीगत सुख शयलका लागि मात्र पसिना बगाइरहन्छन् । तर हैन, कतिपय युवा बिदेशीभूमीमा साहित्य सिर्जनामा पनि उत्तिकै क्रियासिल छन् । दिनभरको काम अनि थकानबाट बचेको समयमा साहित्यीक सिर्जनामा लागेका कैयौं युवाको उदाहरणहरु छन् । रोजगारीका सिलसिलामा मलेसिया,...
मघ–१५, खोटाङको डिकुवा र ज्यामिरे गाबिसलाई एकैसाथ खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरिएको छ । डिकुवाको ४५४ घरपरिवार तथा ज्यामिरेका २९९ घरपरिवारमा वाटरसील चर्पीको निर्माण तथा प्रयोग सुरु भएपछि दुबै गाबिसलाई बिहिबार खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरिएको हो ।  उत्तरी गाबिस ज्यामिरेलाई प्रमुख अतिथिकारुपमा खानेपानी सरसफाई सव–डिभिजन कार्यालय खोटाङका प्रमुख इन्जिनियर...
माघ–१४, खोटाङको डुम्रेधारापानी गाबिसलाई पुर्णसाक्षर गाबिस घोषणा गरिएको छ । निरक्षर जनसंख्यामध्ये ९५.५ प्रतिशत सर्वसाधारण साक्षर बनेपछि डुम्रेधारापानी गाबिसलाई बुधबार साक्षर गाबिस घोषणा गरिएको हो । औपचारिक शिक्षाबाट बञ्चित बनेका बालबालिका तथा प्रौढहरु गरी ५५८ निरक्षर जनसंख्या मध्ये ५३४ सर्वसाधारण साक्षर बनेपछि डुम्रेधारापानीलाई साक्षर गाबिस घोषणा गरिएको जिल्ला शिक्षा...