
समाजमा घटेका घट्नालाई सर्वसाधरण समक्ष सत्यतथ्यरुपमा सम्प्रेषण गरिरहेका पत्रकारहरुको छाता संगठनको संस्थागत बिकासका लागि आर्थिक सहयोग गरेको पत्रकार शेर्पाले बताउनु भयो । शेर्पाले नेपाल पत्रकार महासंघका अध्यक्ष दमन राईको नाममा असयोग रकम पठाएका हुन् । २०६५ सालबाट हलेसी एफएममा कार्यरत शेर्पा रेडियो पत्रकारिता छाडेर आमाको खुट्टाको उपचारका लागि खर्च जुटाउन २०७० असार–२० गते मलेसिया गएका थिए ।
मलेसिया पुगेपछि पुर्वप्रेमीकाले अरुसँगै विवाह गरेर गएपछि शेर्पाले हरेक बैशाख–२१ गतेका दिन कुनै न कुनै सामाजिक काम गर्ने बताएका छन । पत्रकार शेर्पाले हाल खोटाङ्गको हलेसी एफएम, रुपाकोट रेडियो र बिराटनगरको सुसेली एफएमलाई मलेसियाबाट समाचार सम्प्रेषण गर्दैआएका छन । मलेसियाबाट फर्केपछि पुःन पत्रकारितामा क्रियासिल रहने शेर्पाले जनाउनु भयो ।
पत्रकार शेर्पाको आफ्नै जिवनमा आधारित आत्माकथा ‘उपहार सपनाकी छोरी’ चाँडै बजारमा आउँदै छ ।