लिला निरौला/खोटाङ 
मंसिर–१७,  वैदेशिक रोजगारीलाई सुरक्षित, भरपर्दो तथा उपलब्धीमूलक बनाउने उदेश्यले खोटाङमा भिडियो प्रर्दशनी अभियान शुरु गरिएको छ । जिल्लाबाट बैदेशिक रोजगारीमा जान तथा गईसकेका ब्यक्तिको परिवारलाई लक्षित गर्दै सुरक्षित वैदेशिक रोजगार सम्बन्धीका सचेतनामुलक भिडियो प्रर्दशनी अभियान शुरु गरिएको हो । 
बालसेवा समाज नेपाल नेर्पा खोटाङले सञ्चालन गरेको सुरक्षित आप्रवासन परियोजना सामी विद्यालय तथा आमसञ्चार कार्यक्रम अन्र्तगत रुपाकोट मझुवागडी नगरपालिका वडाहरुमा हालै सुरक्षित वैदेशिक रोजगार सम्बन्धी भिडियो प्रस्तुत गरिसकिएको छ ।   
रुपाकोट मझुवागढी नगरभित्र पर्ने बाम्राङ, खाल्ले, लफ्याङमा प्रस्तुत भईसकेको भिडियोलाई उक्त नगरको सबै वडाहरुमा प्रर्दशन गर्ने तयारी छ । सोही भिडियोलाई  जिल्लास्थित अर्को नगरपालिका हलेसी तुवाचुङमा समेत प्रर्दशनी गरिने कार्यक्रम रहेको छ । 
विदेश जानु अगाडी सीप सिक्नुपर्ने, कागजपत्र घरपरिवारमा छोड्नुपर्ने, प्रक्रियाहरु पुरा गरेर मात्र वैदेशिक रोजगारमा जानुपर्ने कुराहरु भिडियोमार्फत प्रस्तुत गर्ने गरिएको छ । यस्तै, विदेशमा गएर काम गरेको सीप भएको र नभएको अवस्थाबीचको अन्तर लगायतका सन्देशहरु समेत भिडियोमा प्रस्तुत गरिन्छ ।
भिडियोमार्फत रोचक तथा चाख लाग्दो ढंगबाट सूचना तथा सन्देश प्रबाह हुने भएकोले यो अभियान प्रभाबकारी बनेको परियोजनाले उल्लेख गरेको छ ।