खोटाङ, २९ असोज । राष्ट्रिय शक्ति प्रजातन्त्र पार्टी खोटाङका अध्यक्षमा ललितकुमार राई चयन हुनुभएको छ ।

आइतबार सम्पत्र राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय जनशक्ति पार्टीको प्रथम एकताको अधिवेशनले राईलाई अध्यक्षमा चयन गरेको हो । यस्तै उपाध्यक्षमा इन्द्रबहादुर राई र अमर केसी, सचिवमा छत्रबहादुर राई र मीनुहाङ राई, सहसचिवमा मनीन्द्र राई र कोषाध्यक्षमा चन्द्रसिं बस्नेत चयन हुनुभएको छ । राष्ट्रिय जनशक्ति पार्टीका सहमहामन्त्री तथा पूर्व सभासद् अर्जुन राईको प्रमुख आतिथ्यमा सम्पत्र दुई पार्टीको एकताको महाअधिवेशनले उनीहरूलाई सर्वसहमतिले चयन गरेको हो ।

यसैबीच केशरबहादुर विश्वकर्माको अध्यक्षतामा क्षेत्र नम्बर १ र ताराकुमार थापाको अध्यक्षतामा २५ सदस्यीय क्षेत्र नम्बर २ को क्षेत्रीय समिति चयन भएको छ ।

त्यस्तै हरिप्रसाद राईको संयोजकत्वमा ११ सदस्यीय किसान सङ्घ, पर्शुराम राईको संयोजकत्वमा ११ सदस्यीय विद्यार्थी सङ्घ, चेवन राईको संयोजकत्वमा ११ सदस्यीय युवा सङ्घ, माधव भट्टराईको संयोजकत्वमा ११ सदस्यीय भूपू सैनिक सङ्घ, इन्द्रबहादुर महाराजीको संयोजकत्वमा शिक्षक सङ्घ तथा सार्कीधन दर्जीको संयोजकत्वमा दलित सङ्घ गठन भएको युवा सङ्घका सचिव बाबुराम राईले जानकारी दिनुभयो ।