मंसिर १७ – राष्ट्रिय जनगणनाले आफूहरुलाई नसमेटेको भन्दै नेपाल आदिवासी जनजाति महासंघ खोटाङले राष्ट्रिय जनगणना २०६८ जलाएको छ ।

नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् खोटाङले जनगणनामा जनजातिको पहिचान नसमेटिएको भन्दै जनगणना नै जलाएको हो ।
आइतबार जिल्ला प्रशासन कार्यालय खोटाङमा जनगणनाले समेट्न नसकेका मागलाई प्रस्तुत गर्दै जिल्ला प्रशासनमा पुगेर राष्ट्रिय जनगणना २०६८ परिषद्ले जलाएको हो ।
जनजातिले जनगणनाको तथ्याङ्कमा आदिवासी जनजातिको १२ वटा छुटाएको र आदिवासीको जनसंख्या थोरै देखाएको आरोप लगाउँदै तिनगाउँले, बारगाउँले, लार्के, सियार, थुदाम, ताङ्बे, मुगाल, मार्फाली थकाली, सुरेल, फ्रि, छैरोतन र बनकारिया छुटेको बताएको छ ।
जनजाति महासंघका अध्यक्ष राजकुमार लेखी थारुले भनेका छन् ‘हाम्रो निम्ति तथ्याङ्क अवैज्ञानिक र मिथ्याङ्क बन्यो । किनभने दस वर्षमा जनसंख्या बढ्नुपर्ने हो तर २ प्रतिशत घट्यो ।’