पुष – २७,  खोटाङका महिला अधिकारकर्मीहरुले देशभरका महिलामाथि भइरहेका हिंसाका घट्ना रोक्न माग गरेका छन् । ‘अव अति भो’ भन्दै जिल्लाका महिला अधिकारकर्मीहरुले प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाउँदै तत्काल महिला हिंसा अन्त्य गर्न, दोषीमाथि कडा कारबाही गर्न र हिंसाका घट्ना नदोहोर्याउने वाताबरण सिर्जना गर्न बिहिबार माग गरेका छन् ।

अहिले देशभरका महिलामाथि भइरहेका हिंसाका घटनाप्रति आपत्ति जनाउँदै महिला मानव अधिकार रक्षक सञ्जाल नेतृत्वको महिला अधिकारकर्मीहरुले प्रधानमन्त्री समक्ष विभिन्न आठ बुँदे माग पत्र पेश गरेका छन् । उनीहरुले महिला हिंसाका दोषीहरुलाई कारबाही गरिनुपर्ने, झन्झटिलो कानून परिमार्जन गरिपर्ने, महिलामाथि हुने यौनजन्य हिंसाबिरुद्ध प्रभावकारी कानून निर्माण गर्न, जवरजस्ती करणी सम्वन्धी ऐनलाई संशोधन गरी महिला अधिकार सुनिश्चित गर्दै तत्काल न्याय पाउने व्यवस्था गर्न, वैदेशिक रोजगार ऐन सच्याउनुपर्ने, सशक्त कानून निर्माण गरिनुपर्नेलगायतको माग गरेका छन् ।