पुष – २७, खोटाङको बाम्राङ–५ स्थित जनसुधार युवा उत्थानले खोटाङ सुगमस्टार बन्न सफल सचिन राई एबं उहाँका परिवारलाई बिहिबार सम्मान गरेको छ । बुवा तुलबहादु राई र आमा कमलसरी राईलाई खादा ओढाएर सम्मान गरेको हो । राई युवा उत्थानको सहसचिव रहेको एबं रुपाकोट रेडियोमा आबद्ध हुनुहुन्छ ।

जनसुधार युवा उत्थानका अध्यक्ष सुव्बा राई लगायत संस्थाका अन्य पदाधिकारीहरुले राई परिवारलाई बधाई एबं थप सफलताको कामनासहित सम्मान गरेको हो । ‘कला र संस्कृतिको सम्मान, हाम्रो पहिचान’ भन्ने नाराकासाथ नवप्रतिभा साँस्कृतिक समाज, सुनाखरी सृजना युवा क्लव बतासे तथा खोटाङ बतासे–काठमाडौं जनसेवा मञ्चको आयोजनामा गत शुक्रबार भएको सुगम स्टारमा प्रथम स्थान प्राप्त गर्नु भएका सचिनले नगद २५ हजारका साथमा प्रमाणपत्र हात पार्नु भएको छ । 


 प्रतियोगीतामा प्रथम स्थान प्राप्त गर्नु भएका सचिनराईले एउटा गीत रेकर्डको अवशर पनि पाउनु भएको छ ।