माघ–७, नेपाली कांग्रेस खोटाङ–काठमाडौं सम्पर्क समितिको प्रथम अधिबेसन सकिएकोे छ । काठमाडौंको पद्मकन्या क्याम्पस बागबजारमा भएको अधिबेसनले राजन दाहालको अध्यक्षतामा २५ सदस्यीय सम्पर्क समिति गठन गरेको छ । 
समितिको प्रथम उपाध्यक्षमा राजेन्द्र राई, द्धितीय उपाध्यक्षमा कैलाश केसी, सचिवमा आरपी आचार्य, सहसचिवमा सुवास बस्नेत, कोषाध्यक्षमा मातृका बजीमय र सह–कोषाध्यक्षमा कर्णराज कट्वाल चयन हुनुभएको छ । 
सम्पर्क समितिको अधिबेसन उद्घाटन गर्दै कांग्रेसका केन्द्रीय सदस्य सुर्यमान गुरुङले एकीकृत नेकपा माओबादीको सर्वसत्ताबादी क्रियकलापका बिरुद्ध कांग्रेस लगायतका दलहरुले शुरु गरेको आन्दोलनलाई सशक्त र सफल बनाउन कार्यकर्तालाई आग्रह गर्नु भयो । पुर्व मन्त्री रहेका गुरुङले सम्पर्क समिति सञ्चालन कार्यबिधि नबनेको अवस्थामा जिल्ला सभापति बिष्णुकुमार राईलाई पाँडेपजनी गर्ने अधिकार नभएको उल्लेख गर्नु भयो । 
यस्तै, कांग्रेस महासमिति सदस्य नरेश श्रेष्ठले सो सम्पर्क समितिको अधिबेसन संस्थागत नभएको प्रतिक्रीया दिनुभएको छ । उहाँले हाल खोटाङ–काठमाडौं सम्पर्क समितिका अध्यक्ष बनेका राजन दाहाल कारबाहीमा परेकाले यो सम्पर्क समिति संस्थागत हुन नसक्ने बताउनु भएको महासमिति सदस्य महेन्द्र कट्वालले जानकारी दिनु भयो ।
कार्यक्रममा पुर्व राज्यमन्त्री शिवकुमार बस्नेत, सर्वधन राई, महासमिति सदस्य सरस्वति बजीमय, नेपाल बिद्यार्थी संघका केन्द्रीय सदस्य युवराज राई लगायतले बोल्नुभएको थियो ।