खोटाङ, बैसाख ११– खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङले शैक्षिक कार्ययोजना तयार पारेर लागू गरेको छ । वडामा रहेका सामुदायीक बिद्यालयमा शैक्षिक गुणस्तर अभिबृद्धि गर्दै सामुदायीक बिद्यालयप्रतिको आकर्षण बृद्धिकाका लागि वडा कार्यालयले शैक्षिक कार्ययोजना तयार पारेर लागू गरेको हो ।
वर्षभरी विभिन्न बिद्यालयमा सञ्चालन हुने क्रियाकलापलाई समेटेर निर्माण गरिएको शैक्षिक कार्ययोजना मंगलबार जिल्ला समन्वय समितिका प्रमुख बबी चामलीङ तथा आमा–बाबु विहिन बनेकी अनुशाको अभिभाबकत्व प्रमुख जिल्ला अधकिारी एकदेव अधिकारी लगायतले बिमोचन गर्नु भएको छ ।
वडाका बिद्यालयलाई बोर्डिङ स्कुलको बिकल्पकारुपमा बिकास गर्नका लागि शैक्षिक कार्यायोजना बनाइएको वडा शिक्षा समितिका अध्यक्ष रहेका वडाध्यक्ष निर्मल राईले बताउनुभयो ।
दुई बालिकालाई अभिभावकत्व प्रदान
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङस्थित श्रीमाबि बाँसबोटेमा कक्षा ५ मा अध्ययनरत शिलिमिका राई र कक्षा ८ मा अध्ययनरत अनुशा श्रेष्ठले उच्च शिक्षासम्मको अध्ययनका लागि अभिभाबकत्व पाएकी छन् । गत वर्ष बाबु गुमाएकी शिलिमिकाको अभिभाबकत्व जिल्ला समन्वय समितिका प्रमुख बबी चामलीङ तथा आमा–बाबु विहिन बनेकी अनुशाको अभिभाबकत्व प्रमुख जिल्ला अधकिारी एकदेव अधिकारीले लिनु भएको हो ।
श्रीमाबि बाँसबोटेको प्रांगणमा मंगलबार भएको कार्यक्रममा जिसस प्रमुख चामलीङ र प्रजिअ अधिकारीले दुई बालिकालाई पोशाक, पुस्तक, कापी, जुत्ता लगायत प्रदान गर्दै अभिभाबकत्व ग्रहण गर्नु भएको हो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका वडाध्यक्ष बिकास राईले पनि कक्षा ८ सम्म एक विद्यार्थीको अभिभाबकत्व ग्रहण गर्ने घोषणा गर्नुभएको छ ।