माघ–९, खोटाङको सदरमुकाम दिक्तेलस्थित दिक्तेल बहुमुखी क्याम्पस दिक्तेलमा संघीय समाजवादी नेपाल खोटाङको विद्यार्थी संगठन अग्रगामी विद्यार्थी युनियनको तदर्थ समिति गठन भएको छ ।
विन्दास प्रविन राईको अध्यक्षतामा ७७ सदस्यीय तदर्थ समिति गठन भएको हो । समितिको उपाध्यक्षमा रविचन्द्र घिमिरे, टाईगर राई र लेखन्दास रम्तेल रहनुभएको छ । यस्तै, सचिवमा राजकुमारी राई, सहसचिवमा राजेन्द्र ढुङ्गाना र कोषाध्यक्षमा विष्णु गुरुङ रहनुभएको छ ।
अग्रगामी विद्यार्थी युनियनका केन्द्रीय सदस्य तथा संघीय समाजवादी पार्टी नेपाल खोटाङका सचिवालय सदस्य युगशन किरातको प्रमुख आतिथ्यमा समिति गठन भएको जनाइएको छ ।
कार्यक्रममा जिल्ला सचिवालय सदस्य तथा संघीय समाजवादी पार्टी खोटाङको युवा संघका जिल्ला संयोजक टिकाराम राई, सचिवालय अग्रगामी विद्यार्थी युनियनका जिल्ला संयोजक निर्मल राई र सचिवालय सदस्य रबिन खम्बुको उपस्थिति रहेको थियो ।