माघ–११, दैलेखका पत्रकार डेकेन्द्र थापाको हत्यारालाई संरक्षण गरेको भन्दै खोटाङमा नेपाल बिद्यार्थी संघ र अनेरास्वबियूले सरकार बिरुद्ध जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएका छन् । 
पत्रकारको हत्यारालाई कानूनी कारबाही गर्नुको सट्टा उल्टै हत्याराको बचाउमा लागेको भन्दै नेपाल बिद्यार्थी संघ र अनेरास्वबियूले जिल्ला प्रशासन कार्यालय अगाडि दुई घण्टा धर्ना दिएका हुन् । 
दिउँसो १ बजेदेखि २ बजेसम्म गरिएको धर्नाका कारण धर्ना अवधिभर जिल्ला प्रशासन कार्यालयको कामकाज ठप्प बनेको थियो । 
सरकारले पत्रकार थापाको हत्या अनुसन्धानलाई ढाकछोप गर्न हत्याको अनुसन्धान गरिरहेका दैलेखका प्रहरी अधिकारीहरुलाई समेत सरुवा गरेकोे र कानुनी राज्यको उपहास गरेको बिद्यार्थी संगठनहरुको आरोप छ । उनीहरुले पत्रकार थापाको हत्यारालाई जुनसुकै हालतमा कारबाहीको दायरामा ल्याउन माग गरेका छन् ।