माघ–११, खोटाङ जिल्लाका जुनसुकै सडक खण्डमा निर्वाधरुपमा ट्याक्टर आवत जावत गर्न पाउने भएका छन् । 
ट्याक्टर व्यवसायीले जिल्लाका सडक खण्डमा निर्वाधरुपमा ट्याक्टर हिँडाउन पाउनु पर्ने माग अघि सारेपछि जिल्लाका राजनैतिक दल, प्रशासन, जिल्ला बिकास समिति सम्मिलित सर्वपक्षीय बैठकले यस्तो सहमती गरेको हो ।
यसअघि जील्लामा ट्याक्टर हिँडाउदा बिभिन्न स्थानमा अवरोध आउने  गरिएकोले ट्याक्टर व्यवसायीले यस्तो माग गरेको ट्याक्टर व्यवसायी संघका उपाध्यक्ष हिङमाङले बताउनु भयो ।