माघ, १२ –  देशमा बढिरहेको महिला हिंसाका घटनाका विरुद्धमा महिला मानव अधिकार रक्षक सञ्जाल खोटाङले पनि महिला हिंसा अन्त्यकालागि सरकारको शुन्य जवाफदेहीता नारामा मात्र व्यवहारमा खोई ?  भन्ने मुल नाराका साथ जिल्ला प्रशासन कार्यालयमा दुई घण्टा धर्ना दिएका छन् ।

‘महिला हिंसा अन्त्यकालागि सरकारको शुन्य जवाफदेहीता नारामा मात्र व्यवहारमा खोई ?’ लेखिएको ब्यानरसहित प्रशासन पुगेका सञ्जालमा आवद्ध महिलाहरुले धर्ना दिएका हुन् । 
सञ्जालकी अध्यक्ष पूर्ण तामाङको अगुवाइमा पुगेका महिलाहरुको टोलीले प्रशासन अगाडि दुई घण्टा धर्ना दिएका छन् ।