माघ–१३, साउदी अरबमा ज्यान गएको आठ महिनापछि खोटाङ सप्तेश्वर ७ का जीवन राईको शब नेपाल ल्याइएको छ ।
शव ल्याउनका लागि आवश्यक रकम पठाउन नसक्दा साउदीमा रोकिएको शव बैदेशिक रोजगार प्रवर्द्धन बोर्डको सहयोगमा नेपाल ल्याइएको हो।
बिहीबार राती काठमाडौं ल्याइएको राईको शव शुक्रबार पशुपति वनकालीमा दाहसंस्कार गरिएको आफन्तले बताएका छन् । शव स्वेदश ल्याउनका लागि साउदीअरब सरकारले नेपाली दुताबासमार्फत मृतकका परिवारलाई १० हजार कतारी रियल मागेको थियो । तर निम्न आर्थिक अवस्थाका राई परिवारले रकम पठाउन सकेका थिएनन् ।
कम्पनीबाट भागेर अर्कै ठाउँमा अबैधानिक रुपमा काम गर्ने क्रममा ज्यान गुमाएका कारण उहाँको शव नेपाल फर्काउन कठिन भएको थियो । सुतेकै ठाउँमा राती बेहोस भएका राईको अस्पतालमा उपचारका क्रममा ज्यान गएको थियो । 
राईको शव नेपाल फर्काउन खोटाङ सदरमुकाम दिक्तेलस्थित सुरक्षित आप्रबासन परियोजना केन्द्र सामीले आवश्यक कागजात जुटाएर बैदेशिक रोजगार प्रबद्र्दन बोर्ड समक्ष पहल गरिदिन आग्रह गरेको थियो ।