माघ–१४, प्रेसर कुकर पड्किएर खोटाङको सदरमुकाम दिक्तेल–७ की २१ वर्षीया बिमला बिश्वकर्मा घाईते बन्नु भएको छ। 
दाल पकाइरहेको प्रेसर कुकर पड्किँदा शनिबार बेलुकी बिश्वकर्मा घाईते बन्नु भएको हो । 
पड्किएको प्रेसर कुकरले बिमलाको हात, छाती र फिलामा चोट लागेको पारिवारिक श्रोतले जनाएको छ । घाइते बिश्वकर्माको जिल्ला अस्पताल दिक्तेलमा उपचार भइरहेको छ । उनको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।