माघ–१४, सरकार विरुद्व आन्दोलनमा उत्रिएका विपक्षी दलहरुले खोटाङमा मसाल जुलुस निकालेका छन् ।
जिल्लास्थित नेपाली कांग्रेस, नेकपा एमाले र राष्ट्रिय शक्ती प्रजातन्त्र पार्टीले अघि साँझ सदरमुकाम दिक्तेलमा मसाल जुलुस निकालेका हुन् । दिक्तेलको भवनगैराबाट शुरु भएको संयुक्त मसाल जुलुस त्रिबेणीचोक, बैंक चोक, भानुचोक, हेलीप्याड हुँदै पुःन भवनगैरामा पुगेर कोणसमा परिणत भएको थियो ।
सहमतिको बाधकका रुपमा रहेको डा. बाबुराम भट्टराई नेतृत्वको सरकारको बिरोध स्वरुप निकालिएको मसाल जुलुसको कोणसभामा नेपाली कांग्रेस खोटाङका सभापति बिष्णुकुमार राई, नेकपा एमालेका उपाध्यक्ष बबी चामलीङ लगायतका नेताहरुले सम्बोधन गर्नु भएको थियो । तीन वटै दल तथा तिनका भातृ संगठनका नेता तथा कार्यकर्ताहरुको सहभागीतामा मसाल जुलुस निकालिएको उनीहरुले बताएका छन् ।