माघ–१४, आगामी फागुन ४ र ५ गते हुने किरात राई विद्यार्थी संघको चौथो जिल्ला सम्मेलनलाई मध्येनजर गर्दै खोटाङको बाम्राङस्थित साबित्रा मावि बाम्राङमा पनि समिति गठन भएको छ ।
 
सनम राईको अध्यक्षतामा २१ सदस्यीय किरात राई विद्यार्थी संघको प्रारम्भिक समिति गठन भएको हो ।

समितिको उपाध्यक्षमा रेखा राई, सचिव कविता राई, सहसचिवमा अनिता राई र कोषाध्यक्षमा मिक्षा राई रहनुभएको छ । किरात राई विद्यार्थी संघका जिल्ला संगठन विभाग प्रमुख विन्दास प्रविन चाम्लिङ, जिल्ला सदस्य असोक राई र साँस्कृतिक विभाग प्रमुख यसकुमार राईको उपस्थितिमा समिति गठन गरिएको हो ।
 
प्रारम्भिक समिति गठन कार्यलाई तिब्रता दिने किरात राई विद्यार्थी संघले जनाएको छ ।