माघ–१९, हप्ता दिनअघिदेखि खोटाङको बिभिन्न स्थानमा इलाका स्तरिय योजना तर्जुमा गोष्ठी सञ्चालन भइरहेको छ । 
गएको माघ–१४ गतेदेखि बिभिन्न स्थानमा जारी योजना तर्जुमा गोष्ठी अन्तरगत जिल्ला बिकास समितिले शुक्रबार चिसापानीमा ईलाका स्तरिय योजना तर्जुमा गोष्ठी गरेको छ । ईलाका स्तरका योजनाहरु छनौट गर्दै आगामी फागुन–१३ गते हुने जिल्ला परिषदमा पेश गर्नकालागि योजना तर्जुमा गोष्ठी शुरु गरिएको जिल्ला बिकास समिति खोटाङका योजना अधिकृत हरिप्रसाद गुरागाँईले बताउनु भयो । 
जिल्लाको बिकासे योजना तयारीका सिलसिलामा जिल्ला बिकास समितिले यस पल्ट बाक्सिलाबाट ईलाका स्तरिय योजना तर्जुमा गोष्ठी शुरु गरेको हो । योजना अधिकृत गुरागाँईका अनुशार राजनैतिक दलका ईलाका स्तरका प्रतिनिधि, बिषयगत निकायका प्रमुख, गाबिस सचिव, सामाजिक परिचालक, संघसंस्थाका प्रतिनिधि, बुद्धिजिबी, समाजसेबी, सर्वसाधारण लगायतको सहभागीतामा इलाका स्तरका योजनाहरुलाई प्राथमिकीकरण गर्दै छनौट गर्ने काम भइरहेका छन् । 
जिल्ला परिषदपुर्व गत माघ–१४ गतेबाट शुरु भएको इलाका स्तरिय गोष्ठी आगामी माघ–२५ गते सदरमुकाम दिक्तेलमा आएर टुंगिने छ । जिल्ला बिकास समितिका अनुशार शनिबार धारापानीमा ईलाका स्तरिय योजना तर्जुमा गोष्ठी गरिने छ ।