माघ–२१, बालकल्याण समिति खोटाङले जिल्लाका दश जना सुस्तमनोस्थिति भएका छात्रछात्राहरुलाई पोशाक बितरण गरेको छ । 
महिला तथा बालबालिका कार्यालय अन्तरगतको बाल कल्याण समितिले सदरमुकाम दिक्तेल–६ मुढेस्थित सिद्धेश्वरी निमाबिमा अध्यायनरत ८ जना छात्र र २ जना छात्रालाई ट्र्याक सुट र कम्बल बितरण गरेका हुन् । 
समितिले आईतबार बिहान श्रोत शिक्षक गणेश थापाको घरमा पुगेर उनीहरुलाई एक–एक जोर ट्र्याक सुट र पाँच थान कम्बल बितरण गरिएको बालकल्याण समिति खोटाङका बालअधिकार अधिकृत रबिन राईले जानकारी दिनु भयो । 
हाल कक्षा–१ देखि कक्षा ५ सम्ममा अध्यायन गरिरहेका सुस्तमनोस्थितिका छात्रछात्राहरुलाई जाडोबाट जोगाउनकालागि न्यायो कपडाको व्यवस्था गरिएको बालअधिकार अधिकृत राईले बताउनु भयो । कपडा पाएपछि आफ्ना अबिभाबकबाट अलग्गै बसिरहेका बालबालिकाहरु हर्षित बनेका छन् । 
महिला तथा बालबालिका कार्यालय खोटाङका बालकल्याण अधिकारी जुनु राई, मूख्य महिला कार्यकर्ता भुवन राई लगायतको उपस्थितिमा छात्रछात्रालाई कपडा हस्तान्तरण गरिएको हो ।