माघ–२७, आन्दोलनका क्रममा आफ्ना नेता तथा कार्यकर्ताहरु घाइते भएपछि जिल्लाका तीनवटै राजनीतिक दलले संयुक्त विज्ञप्ती जारी गर्दै दोषीलाई तत्काल कार्वाही गर्न माग गरेका छन् । 
सरकार विरुद्ध आन्दोलन गर्दै आएका आन्दोलनकारीमाथि शुक्रबार प्रहरी हस्तक्षेप भएपछि हस्क्षेपकारी प्रहरीलाई कार्वाही गरिनुपर्ने भन्दै नेपाली काग्रेस, नेकपा एमाले र राष्ट्रिय शक्ति प्रजातन्त्र पार्टीले संयुक्त विज्ञप्ती जारी गरेका हुन् ।
नेपाली काग्रेसका सभापति विष्णुकुमार राई, नेकपा एमाले अध्यक्ष विशाल भटराई र राष्ट्रिय शक्ति प्रजातन्त्र पार्टीका अध्यक्ष ललितकुमार राईले संयुक्तरुपमा हस्ताक्षर गर्नुभएको विज्ञप्तीमा हस्क्षेपकारी प्रहरीलाई कार्वाही गरिनुपर्नेे माग गरिएको छ ।